News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघको आगामी साधारण सभा तथा कार्यसमिति निर्वाचनका लागि 'बी' डिभिजनबाट ११ क्लब मताधिकार प्राप्त गरी चयन भएका छन्।
- सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न निर्वाचनमा थ्रीस्टार क्लब, खुमलटार र कुमारी क्लब मताधिकार प्राप्त गर्न असफल भएका छन्।
- चयन भएका ११ क्लबले फागुन २७ मा हुने एन्फाको साधारण सभा तथा कार्यसमिति निर्वाचनमा मतदान गर्नेछन्।
५ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी नियमित साधारण सभा तथा कार्यसमिति निर्वाचनका लागि ‘बी’ डिभिजनबाट ११ क्लब मताधिकार प्राप्त गर्दै छनोट भएका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न निर्वाचनबाट आरसीटी, च्यासल युथ क्लब, झापा फुटबल क्लब, बाँसबारी क्लब, वीरगंज युनाइटेड, ब्रिगेड ब्वाइज क्लब, ब्वाइज युनियन क्लब, मध्यपुर युथ एसोसिएसन, सरस्वती युथ क्लब, आरसी ३२ फुटबल क्लब र बाग्मती युथ क्लबले मताधिकार पाएका हुन्।
यद्यपि, थ्रीस्टार क्लब, खुमलटार र कुमारी क्लब भने मताधिकार प्राप्त गर्न असफल रहे।
अब चयन भएका ११ क्लबहरूले फागुन २७ मा हुने एन्फाको साधारण सभा तथा कार्यसमिति निर्वाचनमा मतदान गर्न पाउनेछन्।
यसअघि ‘सी’ डिभिजनबाट ९ क्लबले निर्वाचनका लागि मताधिकार पाएका थिए ।
प्रतिक्रिया 4