+
+
Shares

‘बिगुल’ को प्रदर्शन बुधबारदेखि स्थगित गर्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ५ गते १६:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्माता कम्पनी म्याग्नोलिया ग्रुप प्रालिले फिल्म 'बिगुल' को प्रदर्शन अर्को सूचना नआएसम्म स्थगित गर्ने निर्णय गरेको छ।
  • निर्माता दिनेश कोइरालाले निर्वाचनको संवेदनशिल अवस्था र सम्बन्धित निकायको सुझावका कारण प्रदर्शन रोकिएको बताए।
  • निर्देशक रमेश कोइरालाको फिल्म 'बिगुल' मा बेनिशा हमाल र नरेन खड्काको मुख्य भूमिका रहेको छ।

काठमाडौं । निर्माताले हलमा चलिरहेको फिल्म ‘बिगुल’ को प्रदर्शन स्थगित गर्ने घोषणा गरेका छन् । निर्माता कम्पनी म्याग्नोलिया ग्रुप प्रालिले विज्ञप्ति जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म प्रदर्शन रोक्ने निर्णय गरिएको जनाएको छ ।

बुधबारदेखि अर्को सूचना जारी नभइञ्जेलसम्मको लागि प्रदर्शन हाललाई स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ । निर्वाचनको संवेदनशिल अवस्थालाई ध्यानमा राखेर सम्बन्धितको निकायको सुझाव तथा परिस्थितीको मूल्यांकन पश्चात यो निर्णय लिइएको जनाइएको छ ।

नयाँ रिलिज डेट चाँडै घोषणा हुने निर्माता दिनेश कोइरालाले बताए । ‘यसबाट दर्शकवर्ग तथा सम्बन्धित सबैमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं । यस चलचित्रलाई प्रत्यक्ष गएर हेरिदिनुभएका आमदर्शक, कलाकार, प्राविधिक, पत्रकार, अतिथिज्यू सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छौं’ विज्ञप्तिमा भनिएको छ ।

रमेश कोइराला निर्देशित फिल्म सकारात्मक प्रतिक्रियासहित हलमा चलिरहेको थियो । यो फिल्ममा बेनिशा हमाल र नरेन खड्काको शीर्ष भूमिका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?