News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म निर्माताले आसन्न चुनावलाई कारण देखाउँदै धमाधम प्रदर्शन स्थगित गर्न थालेका छन्।
- ‘बिगुल’ र ‘श्री बुकुरो’ले चुनावपछिको उपयुक्त समयमा प्रदर्शन गर्ने उद्देश्यसहित प्रदर्शन रोक्ने निर्णय गरेका छन्।
काठमाडौं । आसन्न चुनावलाई कारण देखाउँदै फिल्म निर्माताले धमाधम प्रदर्शन स्थगित गर्न थालेका छन् । मंगलबार एकैदिनमा प्रदर्शन भैरहेका दुई फिल्मले एकैसाथ प्रदर्शन रोकेका छन् ।
‘बिगुल’ र ‘श्री बुकुरो’ले चुनाव पछाडि मात्र प्रदर्शन मिति तोक्ने भन्दै चल्दाचल्दैको फिल्म रोक्ने निर्णय गरेका छन् । ‘बिगुल’ ले अर्को सूचना सार्वजनिक नभए सम्मलाई प्रदर्शन रोक्ने घोषणा गरेको छ ।
‘श्री बुकुरो’ को वितरण कम्पनी ६ फागुनदेखि प्रदर्शन स्थगित हुने घोषणा गरेको छ । वितरण कम्पनी नेसनल सिने ग्रुप नेपालले यो फिल्म अब १८ बैशाखदेखि प्रदर्शन हुने जनाएको छ ।
यी दुबै फिल्मले प्रदर्शन स्थगित गर्नुको कारण भने चुनावको संवेदनशिलतालाई देखाएका छन् । ‘चुनावपछिको उपयुक्त समयमा प्रदर्शन गर्ने उद्देश्यसहित अहिलेलाई फिल्मको प्रदर्शन स्थगित गरेका छौं’ वितरक दीपक दंगालले भने ।
दंगालका अनुसार कम्पनीको अर्को फिल्म ‘लालिमा’ पनि अब २९ फागुनदेखि रिलिज हुनेछ । उनले भनेजस्तै, अधिकांश फिल्म निर्माताले चुनावी माहोललाई छल्न खोजेजस्तो देखिन्छ ।

प्रतिक्रिया 4