+

आईसीसी टी-२०आई अलराउन्डर वरियता : दीपेन्द्र चौथो स्थानमा उक्लिए

२०८२ फागुन  ६ गते १३:५३ २०८२ फागुन ६ गते १३:५३
आईसीसी टी-२०आई अलराउन्डर वरियता : दीपेन्द्र चौथो स्थानमा उक्लिए

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा चौथो स्थानमा उक्लिएका छन्।
  • आईसीसी टी-२० विश्वकपमा नेपालका लागि सर्वाधिक १६९ रन बनाएपछि दीपेन्द्रको रेटिङ अंक २०२ बाट २४४ पुगेको छ।
  • दीपेन्द्रले ब्याटिङ वरियतामा पनि ११ स्थान उक्लेर ६०औं स्थानमा पुगेका छन्।

६ फागुन, मुम्बई । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा चौथो स्थानमा उक्लिएका छन् ।

आईसीसीले बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र छैटौं स्थानबाट चौथो स्थानमा उक्लिएका हुन् ।

आईसीसी टी-२० विश्वकपमा गरेको प्रदर्शनपछि दीपेन्द्रको वरियता सुधार भएको हो । दीपेन्द्रले टी-२० विश्वकपमा नेपालका लागि सर्वाधिक (१६९) रन बनाए । बलिङमा २ विकेट लिए ।

दीपेन्द्रको रेटिङ अंक बढेर २४४ पुगेको छ । यो उनको हालसम्मकै उच्च रेटिङ अंक समेत हो । यसअघि उनको रेटिङ अंक २०२ थियो ।

अलराउण्डर वरियताको शीर्ष स्थानमा पाकिस्तानका सायम अयुब उक्लिएका छन् । उनको ३०३ रेटिङ अंक छ । जिम्बाबेका सिकन्दर राजा २९७ अंकसहित दोस्रोमा झरेका छन् ।

तेस्रोमा भारतका हार्दिक पान्ड्या यथावत् छन् । उनको २८२ अंक छ । पाँचौंमा अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ उक्लिएका छन् ।

दीपेन्द्र ब्याटिङमा पनि ११ स्थान माथि उक्लँदै ६०औं स्थानमा पुगेका छन् ।

आईसीसी वरीयता दीपेन्द्रसिंह ऐरी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय