News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी टी–२० विश्वकप २०२६ को सुपर–८ मा पाकिस्तान अन्तिम टोलीको रूपमा पुगेको छ।
- सुपर–८ को समूह–१ मा भारत, वेस्ट इन्डिज, दक्षिण अफ्रिका र जिम्बाब्बे छन् भने समूह २ मा इंग्ल्यान्ड, न्यूजिल्याण्ड, पाकिस्तान र श्रीलंका छन्।
- पाकिस्तानले नामिबियालाई १०२ रनले हराउँदै २०० रनको लक्ष्य दिएको थियो र शाहिबजादा फरहानले ५८ बलमा अविजित शतक पूरा गरेका थिए।
६ फागुन, मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ को सुपर–८ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ । बुधबारको भएको समूह ‘ए’ को खेलमा नामिबियालाई हराउँदै पाकिस्तान अन्तिम टोलीको रूपमा सुपर ८ मा पुगेको हो ।
समूह ‘ए’ बाट पाकिस्तानसँगै भारत सुपर–८ मा पुग्दा समूह ‘बी’ बाट श्रीलंका र जिम्बाब्बे पुगे । समूह ‘सी’ बाट इंग्ल्याण्ड र वेष्ट इन्डिज र समूह ‘डी’ बाट दक्षिण अफ्रिका र न्यूजिल्याण्डले सुपर–८ मा स्थान पक्का गरेका हुन् ।
सुपर–८ को समूह–१ मा भारत, वेस्ट इन्डिज, दक्षिण अफ्रिका र जिम्बाबे छन् भने समूह २ मा इंग्ल्यान्ड, न्यूजिल्याण्ड, पाकिस्तान र श्रीलंका छन् ।
बुधबार कोलोम्बोमा भएको खेलमा पाकिस्तानले नामिबियालाई १०२ रनले हरायो । पाकिस्तानले दिएको २०० रनको लक्ष्य पछ्याएको नामिबिया १७ ओभर ३ बलमा ९७ रनमा समेटियो ।
नामिबियाका लागि लोरेन स्टिनक्याम्पले सर्वाधिक २३ रन बनाए । बलिङमा पाकिस्तानका उस्मान तारिकले सर्वाधिक ४ विकेट लिए ।
त्यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले शाहिबजादा फरहानको शतकमा १९९ रनको स्कोर खडा गरेको थियो । फरहानले ५८ बलमा शतक पूरा गर्दै अविजित रहे । यो टी-२० विश्वकपको तेस्रो शतक हो ।
बलिङमा नामिबियाका ज्याक ब्रासेलले सर्वाधिक २ विकेट लिए ।
बलिया मानिएका अस्ट्रेलिया, अफगानिस्तान, आयरल्यान्डसहितका राष्ट्रहरु समूह चरणबाटै घर फर्किए । नेपाल पनि एक जित र तीन हारका साथ विश्वकपबाट बाहिरिएको थियो ।
प्रतिक्रिया 4