+

निर्वाचन प्रक्रिया रोक्न एन्फालाई निर्वाचन आयोगको निर्देशन

२०८२ फागुन  ६ गते १८:५८ २०८२ फागुन ६ गते १८:५८
निर्वाचन प्रक्रिया रोक्न एन्फालाई निर्वाचन आयोगको निर्देशन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले अखिल नेपाल फुटबल संघको फागुन २७ का लागि तोकिएको निर्वाचन तत्काल रोक्न निर्देशन दिएको छ।
  • आयोगले निर्वाचन आचारसंहिता लागू भइसकेकाले सम्पूर्ण निर्वाचन कार्यक्रम स्थगन गर्न पत्रमार्फत अनुरोध गरेको छ।
  • निर्देशन पालना नगरेमा निर्वाचन आचारसंहिता, २०८२ बमोजिम कारबाही गरिने चेतावनी आयोगले दिएको छ।

६ फागुन, काठमाडौं । निर्वाचन आयोगले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई फागुन २७ का लागि तोकिएको निर्वाचन रोक्न निर्देशन दिएको छ ।

आयोगले बुधबार पत्र लेख्दै आम चुनावका लागि निर्वाचन आचारसंहिता सुरु भइसकेकाले एन्फा निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम तत्काल रोक्न निर्देशन दिएको हो।

यसअघि उच्च अदालत पाटनले एन्फा निर्वाचनविरुद्ध परेको रिटमा दिएको अन्तरिम आदेश खारेज भएपछि एन्फाले निर्वाचनको नयाँ कार्यतालिका सार्वजनिक गरेको थियो।

आयोगले दिएको निर्देशन पालना नगरेमा निर्वाचन आचारसंहिताबमोजिम कारबाही हुने चेतावनी पनि दिएको छ ।

‘आयोगको मिति २०८२/१०/०४ को निर्णयानुसार अर्को सूचना प्रकाशन नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०८२ लागू भइसकेको वेहोरा अवगत गराउँदै आजैका मितिदेखिका सम्पूर्ण निर्वाचन कार्यक्रम स्थगन गरी सोको जानकारी यथाशिघ्र यस आयोगमा गराउन निर्णयानुसार अनुरोध छ । अन्यथा निर्वाचन आचारसंहिता, २०८२ बमोजिम कारवाही गरिने बेहोरा समेत यसै पत्रबाट सूचीत गरिन्छ’ आयोगका कानून अधिकृत मोहनराज जोशीले फागुन ६ गते जारी गरेको पत्रमा उल्लेख छ।

एन्फा निर्वाचन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय