+
+
Shares

पल शाह स्टारर ‘आबाट आमा’ को कमाइ १० करोड पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ६ गते २०:४१
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पल शाह स्टारर फिल्म \'आबाट आमा\' ले घरेलु बक्सअफिसमा १० करोड रुपैयाँ ग्रस कमाइ गरेको छ।
  • फिल्मको बुधबार बेलुका ८ः३० बजेसम्म कमाइ ९ करोड ९९ लाख ६८ हजार ५५१ नेरु छ ।
  • निर्देशक चन्द्र पन्तको फिल्मलाई प्रदर्शन स्थगित भएका अन्य फिल्मको फाइदा पुगिरहेको छ र आगामी सप्ताहन्तमा राम्रो कमाइ हुने देखिन्छ।

काठमाडौं । पल शाह स्टारर फिल्म ‘आबाट आमा’ ले घरेलु बक्सअफिसमा १० करोड रुपैयाँ ग्रस कमाइ गरेको छ । सिनेपाः बक्सअफिसमा बुधबार बेलुका ८ः३० बजेसम्म फिल्मको कमाइ ९ करोड ९९ लाख ६८ हजार ५५१ नेरु ग्रस छ ।

रात्रीकालिन शोजको कमाइ जोड्दा फिल्मको कमाइले १० करोडको आँकडा पार गर्छ । यो फिल्म अभिनेता शाहको करिअरमा धेरै कमाउने दोस्रो फिल्म हो ।

उनी अभिनित ‘शत्रु गते’ को कुल कलेक्सन १२ करोड ६५ लाख ८२ हजार रुपैयाँ ग्रस छ । के ‘आबाट आमा’ पलको करिअरमा सर्वाधिक कमाउने फिल्म बन्ला ? यो प्रश्नको लागि भने केही समय प्रतीक्षा गर्नुपर्ने हुन्छ ।

यतिबेला चलिरहेका केही फिल्मले धमाधम प्रदर्शन स्थगित गर्दाको फाइदा चन्द्र पन्त निर्देशित फिल्मलाई पुगिरहेको देखिन्छ । सकारात्मक वर्ड अफ माउथ भएकाले पनि यो फिल्मले आगामी सप्ताहन्तमा राम्रै कमाइ गर्न सक्ने देखिन्छ । यति यही गति कायम रहे, यो फिल्म फागुन अन्त्यसम्मै जान सक्छ, किनभने चुनावको कारण त्यतिबेलासम्म ठूला फिल्म रिलिज हुनेछैनन् ।

आधिकारिक कलेक्सन सोमबार आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?