७ फागुन, काठमाडौं । हराएका ५२ वटा दुई पांग्रे सवारी साधन फेला पारेर ट्राफिक प्रहरीले धनीलाई बुझाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथले बिहीबार एक कार्यक्रम गर्दै धनीलाई हस्तान्तरण गरेको हो ।
उपत्यकाका विभिन्न ठाउँहरूबाट विभिन्न मितिमा हराएका तथा चोरी भएका स्कुटर र मोटरसाइकल धनीलाई जिम्मा लगाइएको ट्राफिक एसएसपी नवराज अधिकारीले बताए ।
चालु आर्थिक वर्षमा मात्रै ट्राफिक प्रहरीले ३३९ थान स्कटर, मोटरसाइकल फेला पारी धनीलाई बुझाएको छ ।
चोरी भएको भन्दै १ हजार ५३१ थान निवेदन ट्राफिक प्रहरीकोमा आएका थिए । जसमध्ये अझै ठूलो संख्यामा सवारीहरु फेला पर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4