+
+
Shares

नीति-याञ्चितको विवाह उत्सवमा रमाए सेलिब्रेटी, पल-बेनिशाको ठुम्का

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते १३:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री नीति शाहले शुक्रबार याञ्चित राणासँग धार्मिक विधिअनुसार विवाह गर्दैछिन्।
  • बुधबार राती दरबारमार्गस्थित त्रिसारा रेस्टुरेन्टमा नीति र याञ्चितले निकट सेलिब्रेटी र साथीहरूको लागि भोजको कार्यक्रम आयोजना गरे।
  • सो अवसरमा कुल २५ वटा पर्फमेन्स भएका थिए र पार्टीको होस्ट पूर्वमिस नेपाल आस्माकुमारी केसीले गरेकी थिइन्।

काठमाडौं । अभिनेत्री नीति शाहले शुक्रबार याञ्चित राणासँग धार्मिक विधिअनुसार विवाह गर्दैछिन् । एक सातादेखि नै यो जोडी लगातार विवाह उत्सवमा सहभागी भैरहेको छ ।

बुधबार राती दरबारमार्गस्थित त्रिसारा रेस्टुरेन्टमा नीति र याञ्चितले निकट सेलिब्रेटी र साथीहरूको लागि भोजको कार्यक्रम आयोजना गरे जहाँ फिल्म, संगीत र मोडलिङ क्षेत्रका चर्चित सेलिब्रेटी सहभागी देखिए ।

सो अवसरमा नीतिका ‘मोहर’ को-एक्टरहरू पल शाह, बेनिश हमालले डान्स गरे । सो अवसरमा कुल २५ वटा पर्फमेन्स भएको जानकारी निकट स्रोतले दिएको छ । मध्यरातसम्म चलेको पार्टीको होस्ट पूर्वमिस नेपाल आस्माकुमारी केसीले गरेकी थिइन् ।

‘मिस नेपाल’ का सुन्दरीको पनि इभेन्टमा बाक्लै उपस्थिती थियो । पूर्वमिस नेपालहरू अनुष्का श्रेष्ठ, अस्मी श्रेष्ठ, आस्मा केसीसहित मिस नेपाल टिमका उरुषा भण्डारी लगायत पनि थिए ।

आकृति राजभण्डारी र सन्ध्या केसी पनि सहभागी थिए । शुक्रबार विवाह र शनिबार नीति र याञ्चित भव्य रिसेप्सन पार्टीको समेत आयोजना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?