+
+
Shares

चुनावी बहसका लागि बालेन तयार नभएको टिप्पणीबारे रवि : प्रश्नको ठेक्का कसैलाई दिएका छैनौं

चुनावी बहसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र  नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँग रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह सहभागी हुन तयार नभएको‍ विषयमा बोल्दै रवि लामिछानेले प्रश्नको ठेक्का कसैलाई नदिएको टिप्पणी गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते १५:३२

७ फागुन, काठमाडौं ।  चुनावी बहसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र  नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँग रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह सहभागी हुन तयार नभएको‍ विषयमा बोल्दै रवि लामिछानेले प्रश्नको ठेक्का कसैलाई नदिएको टिप्पणी गरेका छन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित चुनावी बाचापत्र सार्वजनिक सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘प्रश्नको सामना गर्न नसकेर डिबेटमा भाग लिएन भन्नुपर्दैन । प्रश्नको ठेक्का कसैलाई दिएका छैनौँ,’ उनले भने, ‘जनताको प्रश्न जनतालाई हामीले जवाफ दिएका छौँ । हर जनतालाई, हर घरमा ।’

उनले रास्वपा बलियो हुँदा लोकतन्त्र अप्ठ्यारो पर्ने भनेर हल्ला फैलाइएको भन्दै थपे, ‘प्रश्नको ठेक्का र लोकतन्त्रको ठेक्का नलिए हुन्छ । विधिको शासन मानेर थिति बसाल्छौँ, गलत गर्न पाइँदैन गलत गर्दैनौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?