+

जावलाखेल आहा रारा गोल्डकपको फाइनलमा, उपाधिका लागि सहारासँग खेल्ने

२०८२ फागुन  ७ गते १७:२० २०८२ फागुन ७ गते १७:२०
जावलाखेल आहा रारा गोल्डकपको फाइनलमा, उपाधिका लागि सहारासँग खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जावलाखेल युथ क्लबले पोखरामा जारी २५औं आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
  • उज्वेकिस्तानको आभा एफसीलाई १–० ले पराजित गर्दै जावलाखेलले फाइनलमा स्थान पक्का गरेको हो।
  • फाइनल खेल आउँदो शनिबार दिउँसो २ बजे सहारा क्लब पोखरासँग हुनेछ र विजेताले १४ लाख रुपैयाँ पाउनेछन्।

६ फागुन, काठमाडौं । जावलाखेल युथ क्लब पोखरामा जारी २५औं आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा उज्वेकिस्तानको आभा एफसीलाई १–० ले पराजित गर्दै जावलाखेलले फाइनलमा स्थान पक्का गरेको हो ।

आभा एफसीका खुशान गानिजानोभले गरेको आत्मघाती गोल निर्णायक बन्यो । खेलको ५१औं मिनेटमा जावलाखेलका धर्मेन्द्र कुँवरले गरेको क्रस रोक्ने क्रममा आभा एफसीका खुशानले हानेको बल आफ्नै गोलपोष्टमा गएको थियो ।

उपाधिका लागि आउलाखेलले आयोजक सहारा क्लब पोखरासँग प्रतिष्पर्धा गर्नेछ । उक्त खेल आउँदो शनिबार दिउँसो २ बजेबाट सुरु हुनेछ ।

सहारा क्लबको आयोजनामा माघ २७ गतेबाट सुरु भएको गोल्डकपमा १२ टोलीले सहभागिता जनाएका छन् ।

गोल्डकपको विजेताले १४ लाख र उपविजेताले ७ लाख १ हजार रुपैयाँ पाउनेछन् ।

२५औं आहा रारा पोखरा गोल्डकप फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय