News Summary
Generated by OK AI. Editorially reviewed.- फ्रेन्ड्स सिनेमाजले इलाममा १८८ सिट क्षमताको तेस्रो नयाँ सिंगल स्क्रिन हल संचालनमा ल्याएको छ।
- हलको शुभारम्भ कार्यक्रममा कलाकार पल शाह, उषा उप्रेती र निर्देशक चन्द्र पन्त सहभागी थिए।
- साढे ३ करोड रुपैयाँको लगानीमा बनेको यो हलले इलामबासीलाई विर्तामोड जानुपर्ने बाध्यता अन्त्य गर्नेछ।
इलाम । फ्रेन्ड्स सिनेमाजले इलाममा तेस्रो नयाँ हल संचालनमा ल्याएको छ । ‘आबाट आमा’ का कलाकारको उपस्थितीमा शुक्रबारेखि १८८ सिट क्षमताको ‘सिंगल स्क्रिन’ संचालनमा आएको हो ।
पुरानो बसपार्कस्थित नगरपालिकाको बहुतले पार्किङको भवनमा हल संचालनमा आएको हो । नयाँ शाखाको शुभारम्भ कार्यक्रममा कलाकार पल शाह, उषा उप्रेती, निर्देशक चन्द्र पन्त सहभागी थिए ।
फ्रेन्ड्स सिनेमाजका अध्यक्ष प्रदीप धामीले टुके प्रोजेक्सन र डल्बीको गुणस्तरीय ध्वनिसहितको अत्याधुनिक सुविधासहित दर्शकले फिल्म हेर्न पाउने बताए । ‘काठमाडौंका मल्टिप्लेक्समा उपलब्ध सुविधा दर्शकले अब इलाममै पाउनेछन्’ धामीले अनलाइनखबरसँग भने ।
इलाम शाखाको हलका संचालकमा धामीसहित पुष्कर घिमिरे र आशीष तामाङ छन् । साढे ३ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको यो हल निर्माण भएपछि फिल्म हेर्न विर्तामोड पुग्नुपर्ने इलामबासीको बाध्यताको अन्त्य हुनेछ ।

‘पछिल्लो समय इलाम पनि नेपाली फिल्मको राम्रै बजार हो । हल नहुँदा दर्शकले विर्तामोड पुग्नुपर्ने बाध्यता थियो’ धामीले भने, ‘त्यो रिक्तता र चाहनालाई यो हलले पूरा गर्नेछ ।’ निकट भविष्यमा फ्रेन्ड्स सिनेमाजले पश्चिम नेपालमा समेत शाखा विस्तार गर्ने जानकारी उनले दिए ।
इलामको यो हलमा शुक्रबारदेखि ‘आबाट आमा’ र ‘कुमारी’ को प्रदर्शन थालिएको छ ।

प्रतिक्रिया 4