+
+
Shares

खैरो हेरोइनसहित एक जना पक्राउ

उनीमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते १९:३३

८ फागुन, काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले  खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–११, कपन सिमलटार क्षेत्रबाट ३१ वर्षीय डिमे लामालाई खैरो हेरोइनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लामासँग खैरो हेरोइन ५.९० ग्राम, एकथान डिजिटल तराजु, १२ थान मोबाइल, १२ थान एटिएम कार्ड, चेकबुक १२ थान, २५ हजार लेखिएका क्यासिनो क्वाइन १० थान, १०० लेखिएका १४ थान, नगद जम्मा गरिएका भौचर १५ थान, १८ थान मोटरसाइकल र स्कुटरका चाबी र १३ थान काटिएका चेक बरामद भएको छ ।

पक्राउ परेका लामा काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–५ स्थायी बासिन्दा हुन् ।

उनीमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?