News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह 'बी' को अन्तिम खेलमा अस्ट्रेलियाले ओमानलाई ९ विकेटले पराजित गरेको छ।
- ओमानले दिएको १०५ रनको लक्ष्य अस्ट्रेलियाले ९.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको थियो।
- यस समूहबाट जिम्बाबे अपराजित रहँदै सुपर ८ मा पुगेको छ भने श्रीलंका ३ खेल जितेर सुपर ८ मा पुगेको छ।
८ फागुन, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियाले ओमानलाई पराजित गरेको छ ।
क्यान्डीस्थित पालेकेले स्टेडियममा भएको समूह ‘बी’ को खेलमा अस्ट्रेलियाले ओमानलाई ९ विकेटले पराजित गरेको हो । ओमानले दिएको १०५ रनको लक्ष्य अस्ट्रेलियाले ९.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो ।
कप्तान मिचेल मार्शले ३३ बलमा अविजित ६४ रन बनाए । ट्राभिस हेड १९ बलमा ३२ रन बनाएर आउट भए । जोश इङ्लिस १२ रनमा अविजित रहे । ओमानका लागि एकमात्र विकेट शकील अहमदले लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १६.२ ओभरमा अलआउट हुँदै १०४ रन बनाएको थियो । ओमानका लागि वासिम अलीले सर्वाधिक ३२ रन बनाए । कप्तान जतिन्दर सिंहले १७ तथा हम्माद मिर्जाले १६ रन बनाए ।
अस्ट्रेलियाका एडम जाम्पाले ३.२ ओभरमा २१ रन दिएर ४ विकेट लिए । ग्लेन म्याक्सवेल र जेभियर बार्टलेटले २-२ तथा मार्कस स्टोइनिस र नेथन एलिसले १-१ विकेट लिए ।
अस्ट्रेलिया यसअघि आयरल्यान्डलाई हराउँदा जिम्बाबे र श्रीलंकासँग पराजित भएर समूह चरणबाट बाहिरिसकेको थियो । ओमानले भने ४ वटै खेलमा हार बेहोर्यो ।
यस समूहबाट जिम्बाबे अपराजित रहँदै सुपर ८ मा पुग्यो भने श्रीलंका ३ खेल जितेर सुपर ८ मा पुग्यो ।
प्रतिक्रिया 4