१० फागुन, काठमाडौं । काठमाडौंको पेप्सीकोला छाप्रो चोक नजिकै बसको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा पेप्सीकोला बस्ने दोलखा चरिकोट घर भएकी ६५ वर्षीया रामकुमारी भुजेल रहेकी छन् ।
जडीबुटीबाट पेप्सीकोला चोकतर्फ आउँदै गरेको बा.४ ख ५७५४ नम्बरको बसबाट शनिबार दिउँसो उनी खसेकी थिइन् ।
उनको अन्नपूर्ण अस्पतालमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4