+

दृष्टिविहीन क्रिकेट बोर्डलाई भारतीय क्रिकेट बोर्डले संरचनागत सहयोग गर्ने

२०८२ फागुन  १० गते १३:१३ २०८२ फागुन १० गते १३:१३
दृष्टिविहीन क्रिकेट बोर्डलाई भारतीय क्रिकेट बोर्डले संरचनागत सहयोग गर्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले क्रिकेट एसोसियसन फर ब्लाइन्ड इन इन्डियन (काबी) अन्तर्गतका पुरुष र महिला क्रिकेट टोलीलाई संरचनागत सहयोग गर्ने घोषणा गरेको छ।
  • बीसीसीआईले दुवै टोलीलाई हरेक वर्ष दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने र भारतमा आयोजना हुने द्विपक्षीय शृंखलामा आवासको जिम्मा लिने व्यवस्था गरेको छ।
  • बीसीसीआई अध्यक्ष मिथुन मनहासले दृष्टिविहीन क्रिकेटरहरूको उपलब्धि गर्वको विषय भएको र सहयोगले खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शन गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

१० फागुन, काठमाडौं । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले क्रिकेट एसोसियसन फर ब्लाइन्ड इन इन्डियन (काबी) अन्तर्गतका पुरुष र महिला क्रिकेट टोलीलाई ‘संरचनागत सहयोग’ गर्ने घोषणा गरेको छ।

यस सहयोगअन्तर्गत दुवै टोलीलाई हरेक वर्ष दुई वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन विदेश भ्रमणको व्यवस्था गरिनेछ। भारतमा आयोजना हुने द्विपक्षीय शृंखलामा घरेलु र भ्रमणकारी टोलीको आवासको जिम्मा पनि बीसीसीआईले लिनेछ। साथै, घरेलु तथा अन्तर्राष्ट्रिय खेलका लागि बीसीसीआईसँग आबद्ध रंगशाला र मैदान प्रयोग गर्न दिने व्यवस्था गरिनेछ।

भारतका दृष्टिविहीन क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हासिल गरेका छन्। पुरुष टोलीले विगतमा धेरै विश्व उपाधि जितिसकेको छ भने महिला टोलीले सन् २०२५ मा आयोजित पहिलो महिला टी–२० विश्वकप जितेको थियो।

बीसीसीआई अध्यक्ष मिथुन मनहासले दृष्टिविहीन क्रिकेटरहरूको उपलब्धि समग्र क्रिकेट जगत‍्का लागि गर्वको विषय भएको बताए। उनले यस सहयोगले पूर्वाधार, अवसर र अन्तर्राष्ट्रिय अनुभव बढाएर खेलाडीहरूलाई अझ उत्कृष्ट प्रदर्शन गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे।

बीसीसीआईले काबी सँग सहकार्य गर्दै दृष्टिविहीन क्रिकेटको विकास र अवसर विस्तारमा निरन्तर काम गर्ने प्रतिबद्धता पनि जनाएको छ।

दृष्टिविहीन क्रिकेट भारतीय क्रिकेट बोर्ड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय