News Summary
Generated by OK AI. Editorially reviewed.- पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ४१ वर्षको उमेरमा ३० वर्ष कटेपछि ५०० गोल पूरा गरेका छन्।
- रोनाल्डोले शनिबार अल–हाजेमविरुद्ध दुई गोल गर्दै अल–नासरलाई ४–० को जित दिलाएका थिए।
- अल–नासर ८ जितका साथ साउदी प्रो लिगको शीर्ष स्थानमा उक्लिएको छ र रोनाल्डोले कुल ९६४ गोल गरेका छन्।
१० फागुन, काठमाडौं । पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ३० वर्ष कटेपछि ५०० गोल पूरा गरेका छन् ।
अल–नासरबाट खेलिरहेका ४१ वर्षीय रोनाल्डोले शनिबार अल–हाजेमविरुद्ध दुई गोल गरेपछि ३० वर्ष कटेपछि मात्रै ५०० गोल गर्दै रेकर्ड बनाएका हुन् । उनले विगत ११ वर्षयता ५०० गोल गरेका हुन् ।
रोनाल्डोको २ गोलमा अल–नासरले अल–हाजेमविरुद्ध ४–० को जित निकाल्यो । यो जितसँगै अल–नासर ८ जितका साथ साउदी प्रो लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
रोनाल्डोले आफ्नो करियरमा भने कुल ९६४ गोल गरेका छन् र १००० गोल पूरा गर्ने दुर्लभ कीर्तिमान हासिल गर्ने सम्भावना कायमै राखिरहेका छन् ।
प्रतिक्रिया 4