+
+
Shares

रौतहटमा सद्‌भाव र्‍याली निकाल्ने सर्वदलीय बैठकको निर्णय

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आह्वान गरेको सर्वदलीय बैठकले सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १० गते १४:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रौतहटको गौरमा दुई समुदायबीचको द्वन्द्व समाधानका लागि २०८२ फागुन ११ गते बिहान ७:३० बजे सद्भाव र्‍याली निकालिने निर्णय भएको छ।
  • प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सर्वदलीय बैठकले विवादका घटनाप्रति खेद प्रकट गर्दै शान्तिपूर्ण वातावरण कायम गर्न सार्वजनिक अपिल जारी गर्ने निर्णय गरेको बताए।
  • जिल्ला सुरक्षा समितिले विवाद समाधानका लागि स्थानीय भद्रभलादमीको उपस्थितिमा छलफल गर्ने र शान्ति भंग गर्नेहरूमाथि कानुनी कारबाही गर्ने निर्णय गरेको छ।

१० फागुन, रौतहट । रौतहटको गौरमा दुई समुदायबीचको द्वन्द्व समाधानका लागि सद्भाव र्‍याली निकालिने भएको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आह्वान गरेको सर्वदलीय बैठकले सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको हो ।

भुसालका अनुसार सद्भाव र्‍याली सोमबार बिहान साढे ७ बजे निस्किने छ । धार्मिक-सामाजिक-सांस्कृतिक सद्भाव र शान्तिको सन्देश दिने गरी नागरिक समाजका अगुवाहरूको सहभागितामा सद्भाव र्‍याली निकाल्ने सहमति भएको प्रशासनले जनाएको छ ।

यस्ता छन् बैठकका ५ निर्णय

१. गौर नगरपालिका वडा नं. ६ को सबगढा गाउँमा मिति २०८२ फागुन ७ गते राति ९:४५ बजे सुरु भएको विवाद सामान्य रूपले नै समाधान भइसके पनि पुनः मिति २०८२ फागुन ८ गतेदेखि उग्र रूप लिएको हुँदा स्थानीयवासी प्रतिनिधि तथा अगुवा बसेर छबुँदे सहमति भएको बेहोरा अवगत भयो। तथापि मिति २०८२ फागुन ९ गते बिहानैदेखि परिस्थिति जटिल भएको अवस्था सिर्जना भई जिल्लाभित्र हुनसक्ने जनधनको क्षति रोक्न जिल्ला सुरक्षा समितिको निर्णयानुसार मिति २०८२।११।०९ दिउँसो १:०० बजेदेखि सुरु भएको कर्फ्युको अवस्था यथावत् रहेको अवस्थामा जिल्लामा सौहार्दपूर्ण वातावरण कायम गर्न बोलाइएको यस सर्वपक्षीय बैठकबाट सो विवादको क्रममा भएका घटनाहरूप्रति खेद प्रकट गर्दै शान्तिपूर्ण वातावरण कायम गर्न सरोकारवाला सबै पक्षले सार्वजनिक अपिल जारी गर्ने निर्णय गरियो।

२. सबगढा गाउँमा भएको विवाद समाधान गर्न सहयोगी हुने दुवै पक्षका स्थानीय भद्रभलादमी व्यक्तिहरूको उपस्थित गराई जिल्ला सुरक्षा समितिले औपचारिक/अनौपचारिक छलफल वा बैठक गरी समस्या समाधानका लागि पहल गर्ने निर्णय गरियो।

३. अन्तर्राष्ट्रिय रूपमा घटेका घटनाहरूलाई यस जिल्लाभित्रको घटना भएको भनी विभिन्न व्यक्तिहरूले सामाजि सञ्जालहरूमा अनर्गल रूपमा प्रचारप्रसार गरी शान्तिपूर्ण अवस्थामा खलल पुग्ने अवस्था देखिएमा आवश्यक कारबाही गर्ने कार्यमा सुरक्षा निकायलाई सहयोग गर्ने निर्णय गरियो।

४. सबगढा गाउँलगायत फाटफुट रूपमा कतिपय अन्य स्थानहरूमा धार्मिक सामाजिक सद्‌भाव बिथोल्न खोज्ने व्यक्तिहरूको सुरक्षा निकायबाट निगरानी भई नै रहेको अवस्था छ। उक्त घटनामा पक्राउ परेका व्यक्तिहरूको सम्बन्धमा सुरक्षा निकायको अनुसन्धानबाट दोषी देखिएमा र अनुसन्धान हुँदै जाँदा दोषी अन्य व्यक्तिहरू समेतलाई कानुनी दायरामा ल्याई कारबाही गर्न प्रहरी प्रशासनलाई आग्रह गर्ने निर्णय गरियो।

५. रौतहट जिल्लाभर धार्मिक, सामाजिक-सांस्कृतिक सद्‌भाव कायम गर्न तथा सार्वजनिक शान्ति कायम गर्न र रौतहट जिल्लाबाट धार्मिक, सामाजिक, सांस्कृतिक सद्‌भाव र शान्तिको सन्देश दिने उद्देश्यले भोलि मिति २०८२।११।११ गते बिहान ७:३० बजे नागरिक समाजको अगुवाइमा सरोकारवाला सबैलाई सहभागी गराई सबगढामा सद्‌भाव र्‍याली गर्ने निर्णय गरियो।

यस्तो छ प्रशासनको अपिल

निर्णयहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?