+
+
Shares

सेनाले ४३ जिल्लामा पुर्‍यायो निर्वाचन सामग्री

‘४३ जिल्लामा निर्वाचन सामग्रीहरू पुगिसेकका छन् । बाँकी जिल्लाहरूमा पनि जाने क्रममै छन्,’ सहायक रथी बस्नेतले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १० गते १७:३१

१० फागुन, काठमाडौं । देशभरका ४३ जिल्लामा नेपाली सेनाले निर्वाचन सामग्री पुर्‍याएको छ ।

निर्वाचन पूर्वको काम अन्तर्गत नेपाली सेनाले अहिले निर्वाचन सामग्रीहरूको ढुवानी गरिरहेको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले अहिलेसम्म ४३ जिल्लाहरूमा निर्वाचन सामग्री पुगिसेकेको बताए ।

‘४३ जिल्लामा निर्वाचन सामग्रीहरू पुगिसेकका छन् । बाँकी जिल्लाहरूमा पनि जाने क्रममै छन्,’ सहायक रथी बस्नेतले अनलाइनखबरसँग भने ।

उनका अनुसार १२ जिल्लाहरुमा अहिले निर्वाचन सामग्रीहरू लाने क्रम भइरहेको छ । त्यसपछि बाँकी रहेका २२ जिल्लाहरूमा निर्वाचन सामग्रीहरू पुग्नेछन् ।

३ जिल्लामा हवाई साधानमार्फत ढुवानी

तीन हिमाली जिल्लामा भने सेनाले हवाई साधनमार्फत निर्वाचन सामग्री ढुवानी गरेको छ । जसमा अहिलेसम्म हुम्ला, मुगु र डोल्पामा हवाई साधनमार्फत निर्वाचन सामग्री लगिएको सैनिक प्रवक्ता बस्नेतले बताए ।

डोल्पामा आज आइतबार मात्रै नेपाली सेनाको स्काई ट्रकमार्फत  निर्वाचन सामग्री लगिएको छ ।

नेपाली सेनाको स्काई ट्रकबाट मतपत्र, मतपेटिका, मसीका मार्कर, स्वस्तिक छाप, स्टिकर, रंगिन मतदाता नामावलीजस्ता निर्वाचन सामग्रीहरु डोल्पा पुगेका हुन् ।

अब मनाङ र मुस्ताङमा पनि हवाई साधानमार्फत निर्वाचन सामग्री लैजाने सेनाको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?