+
+
Shares

धादिङ दुर्घटना : बसका यात्रुलाई डुंगाबाट उद्धार

हालसम्म १३ पुरुष र ४ महिलाको शव संकलन गरिएको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ११ गते ५:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा कम्तिमा १७ जनाको मृत्यु भएको छ।
  • दुर्घटनाको बेला सो बसमा ४६ जना यात्रुहरु रहेको र उद्धार कार्य जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेले बताए।
  • सेना, सशस्त्र प्रहरी र प्रहरीको टोलीले उद्धार गरिरहेका छन् र मृतक तथा घाइतेहरुको सनाखत हुन सकेको छैन।

काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा कम्तिमा १७ जनाको मृत्यु भएको छ ।

सडकबाट करिब ३ सय मिटर तल खसेको सो बसमा दुर्घटनाको बखत कम्तिमा ४६ जना यात्रुहरु रहेको अनुमान छ ।

घटनास्थलमा रहेका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेले दुर्घटनाको बेला बसमा ४६ जना यात्रुहरु रहेको र उनीहरुको खोज तथा उद्धार कार्य जारी रहेको जानकारी दिए ।

घटनास्थलबाट डुंगाको सहायताबाट यात्रुहरु ओसार्दै बगरमा जम्मा गर्ने र त्यहाँबाट एम्बुलेन्समार्फत् अस्पतालतर्फ पठाउने काम भइरहेको छ ।

हालसम्म १३ पुरुष र ४ महिलाको शव संकलन गरिएको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए । मृतक र घाइतेहरुको सनाखत हुन सकेको छैन ।

दुर्घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीले उद्धार गरिरहेका छन् । अप्ठेरो ठाउँमा बस खसेको र रातिको समय भएकाले उद्धारमा कठिनाइ भइरहेको सुरक्षाकर्मीहरुले बताएका छन् ।

घटनास्थलमा प्रमुख जिल्ला अधिकारीसहितको टोली पनि छ । सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरी नेतृत्वको टोली र विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?