+
+
Shares

८ प्रतिशत ब्याज दिनेगरी आईसीएफसी फाइनान्सको ऋणपत्र खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ११ गते ११:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीएफसी फाइनान्सले वार्षिक ८ प्रतिशत ब्याजदरमा ५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको छ।
  • ऋणपत्रमा न्यूनतम २५ र अधिकतम २ लाख कित्ताका लागि फागुन १४ देखि २५ गतेसम्म आवेदन दिन सकिनेछ।
  • कम्पनीको ऋणपत्रलाई केयर रेटिङले बीबीबी माइनस रेटिङ प्रदान गरेको छ, जसले मध्यमस्तरको दायित्व वहन जनाउँछ।

११ फागुन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपमा दिने ब्याजदर घटाउँदै गइरहेका बेला सोभन्दा बढी प्रतिफल दिनेगरी आईसीएफसी फाइनान्सको ऋणपत्रमा आवेदन खुलेको छ ।

बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा वार्षिक ६ प्रतिशतमुनिको ब्याजदर दिइरहेका बेला ८ प्रतिशत ब्याज दिनेगरी यस कम्पनीको ऋणपत्रमा लगानी अवसर खुलेको हो ।

‘८ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ नामको यस ऋणपत्रमा छिटोमा फागुन १४ गते र ढिलोमा २५ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ ।

अंकित मूल्य १ हजारका दरले कम्पनीले ७ वर्षे अवधिको ५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये २ लाख कित्ता सर्वसाधारणमा निष्कासन भएको हो । क्यापिटलका अनुसार न्यूनतम २५ तथा अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सकिने छ ।

अनलाइन प्रणाली मेरो सेयरमार्फत वा आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । केयर रेटिङले कम्पनीको ऋणपत्रलाई बीबीबी माइनस रेटिङ प्रदान गरेको छ । जसले कम्पनी दायित्व वहनमा मध्यमस्तरमा रहेको जनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?