News Summary
Generated by OK AI. Editorially reviewed.- जय ट्रफी क्रिकेटअन्तर्गत बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबविरुद्ध २५९ रन बनाएर पहिलो दिनको खेल सकाएको छ।
- त्रिभुवन आर्मी क्लबले दिनको अन्त्यसम्म ३ विकेट गुमाएर १९१ रन बनाएको छ।
- भीम सार्की ७४ रनमा आउट भएका छन् भने सन्तोष कार्की ४३ रनमा खेलिरहेका छन्।
११ फागुन, काठमाडौं । जय ट्रफी क्रिकेटअन्तर्गत मुलपानी क्रिकेट मैदानमा भइरहेको बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच पहिलो दिनको खेल सकिएको छ ।
बागमतीले बनाएको २५९ रनको योगफल पछ्याइरहेको आर्मीले दिनको समाप्तिमा ३ विकेट गुमाएर १९१ रन बनाएको छ । भीम सार्की ७४ रन बनाएर आउट भए । भीमले पहिलो खेलमा शतक बनाएका थिए ।
सन्तोष कार्की ४३ रनमा खेलिरहेका छन् । त्यसअघि तृतराज दास ३८ अनि इमरान शेख १८ रनमा आउट भएका थिए । बागमतीका लागि रिजन ढकाल, सन्दीप लामिछाने र बिपिन आचार्यले १-१ विकेट लिएका छन् ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले आशुतोष घिरैया र इशान पाण्डेको अर्धशतकमा २५९-७ को अवस्थामा इनिङ घोषणा गरेको थियो ।
आशुतोषले ७७ तथा इशानले ६९ रन बनाए । बिबेक मगरले ३१ रन बनाए । रित गौतम र शुभ कंसाकारले समान २० रन बनाए ।
आर्मीका शाहब आलमले ३ विकेट लिँदा नरेन साउदले २ तथा कुशल मल्ल र बसिर अहमदले १-१ विकेट लिए ।
प्रतिक्रिया 4