क्वालालम्पुर । मलेसियामा ज्यान गुमाएका वारा जिल्ला रोलिनरुवा गाविस-९का जालन्धरकुमार असिसको पारिवारलाई मजदुरहरुले आफ्नो तलवबाट काटेर सहयोग प्रदान गरेका छन् ।
पाँच महिना अगाडि रोजगारीको लागि मलेसियास्थित मुहारको वुकित पासिरमा रहेको लेहाङ फर्निचर कम्पनीमा काम गर्ने क्रममा असिसको केहि समय अगाडि मृत्यु भएको थियो ।
सोही कम्पनीका काम गर्दै आएका नेपाली कामदारहरुले एक दिन बराबरको तलवबाट उनका परिवारलाई ३ लाख २८ हजार रुपैंयाँ सहयोग रकम संकलन गरी नेपाल पठाईएको हो ।
मृतकको घरको आर्थिक अवस्था नाजुक भएकाले रामनारायण यादव, लखन शाह, नगेन्द्रकुशवाह, कृष्णप्रसाद भण्डारी, वावुराम विक, रुपन खत्रीको सकि्रयतामा उक्त रकम जम्मा गरिएको कुलवहादुर कार्किले जानकारी दिए ।