+
+
Shares

संसद् विघटनविरुद्धको मुद्दालाई लिएर सर्वोच्चमाथि एमालेले उठायो प्रश्न

नेकपा एमालेले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइमा आलटाल गरेको भन्दै सर्वोच्च अदालतमाथि नै असन्तुष्टि जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते १४:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइमा सर्वोच्च अदालतले आलटाल गरेको भन्दै असन्तुष्टि जनाएको छ।
  • एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले प्रतिनिधिसभा विघटनको संवैधानिक परीक्षण हुनुपर्छ भन्ने अडानमा रहेको बताए।
  • शाहीले भने, 'सर्वोच्च अदालतको आलटालले प्रतिनिधिसभा विघटन संवैधानिक परीक्षणमा नलैजानु संवैधानिक सर्वोच्चताको स्थापित गर्ने कुराबाट गम्भीर ढंगले विचलित हुनु हो।'

१२ फागुन, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइमा आलटा१२ फागुन, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइमा आलटाल गरेको भन्दै सर्वोच्च अदालतमाथि नै असन्तुष्टि जनाएको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले एमाले‍ प्रतिनिधिसभा विघटनको विषयको संवैधानिक परीक्षण हुनुपर्छ भन्ने अडानमा रहेको बताएका हुन् ।

‘सर्वोच्च अदालतको आलटालले प्रतिनिधिसभा विघटन संवैधानिक परीक्षणमा नलैजानु संवैधानिक सर्वोच्चताको स्थापित गर्ने कुराबाट गम्भीर ढंगले विचलित हुनु हो,’ शाहीले भने । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटनको निम्ति राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद्को सिफारिसकै आधारमा राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन गरेका थिए । एमालेले सरकारको उक्त कदम असंवैधानिक भएको भन्दै संसद् पुनर्स्थापनाको मागसहित रिट दायर थियो । सर्वोच्चले उक्त रिटमाथिको सुनुवाइ समयमै नगरेको भन्दै एमालेले सर्वोच्च अदालतमाथि विभिन्न टिकाटिप्पणी गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?