+

नेपालका तीन खेलाडीले अस्ट्रेलियामा व्यावसायिक बक्सिङ खेल्ने

२०८२ फागुन  १२ गते १७:५२ २०८२ फागुन १२ गते १७:५२
नेपालका तीन खेलाडीले अस्ट्रेलियामा व्यावसायिक बक्सिङ खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालका तीन खेलाडीले अस्ट्रेलियामा व्यावसायिक बक्सिङ खेल्ने भएका छन्।
  • रुकुम पूर्वका विकास राणा ६९ केजीमा डाविन केलीसँग खेल्न लागेका छन्।
  • महेन्द्रनगर धनगढीका महेन्द्रबहादुर चन्द ६४ केजीमा सुबारीसँग प्रतिस्पर्धा गर्नेछन्।
  • दाङका अनिलकुमार पुनमगरले अस्ट्रेलियाका च्याम्पियन श्री अन्थोनीसँग खेल्नेछन् ।

१२ फागुन, काठमाडौं । नेपालका तीन खेलाडीले अस्ट्रेलियामा व्यावसायिक बक्सिङ खेल्ने भएका छन् ।

रुकुम पूर्वका विकास राणा ६९ केजीमा अस्ट्रेलियाका डाविन केलीसँग व्यावसायिक बक्सिङ खेल्न लागेका हुन् । उनी लामो समयदेखि व्यावसायिक बक्सिङ म्याक्सबक्सिङ प्रमोसनबाट खेलिरहेका छन्।

यस्तै महेन्द्रनगर धनगढीका राष्ट्रिय च्याम्पियन महेन्द्रबहादुर चन्द अस्ट्रेलियाका मुख्यबाजतराना सुबारीसँग ६४ किलोग्राममा प्रतिस्पर्धा गर्दैछन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा पदक जितिसकेका छन्।

त्यस्तै ६१ किलोग्राममा दाङका अनिलकुमार पुनमगरले अस्ट्रेलियाका च्याम्पियन श्री अन्थोनीसँग खेल्नेछन् । उनी दाङका राष्ट्रिय च्याम्पियन तथा जुनियर नेसनल गोल्ड मेडलिस्ट हुन्।  नेपालबाट बंगलादेश, दुवैमा खेलेर नेपालको नाम उच्च बनाएका छन् ।

तीन खेलाडीको व्यावसायिक खेलले देशको पहिचान बनाउने एउटा कोसेढुंगा साबित हुने विश्वास गरिएको छ ।

अनिलकुमार पुनमगर महेन्द्रबहादुर चन्द विकास राणा व्यावसायिक बक्सिङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय