News Summary
Generated by OK AI. Editorially reviewed.- अफगानिस्तान क्रिकेट बोर्डले रिचर्ड पाइबसलाई राष्ट्रिय टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
- पाइबसले मार्चमा यूएईमा श्रीलंकाविरुद्ध हुने तीन एकदिवसीय र तीन टी–२० खेलको शृंखलाबाट जिम्मेवारी सम्हाल्नेछन्।
- पाइबसले इंग्ल्यान्डका जोनाथन ट्रटको स्थान लिएका हुन्, जसले टी–२० विश्वकपपछि पद छाडेका थिए।
१२ फागुन, काठमाडौं । अफगानिस्तान क्रिकेट बोर्डले इंग्ल्यान्डका रिचर्ड पाइबसलाई राष्ट्रिय टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
पाइबसले सबै फर्म्याटमा टोलीको नेतृत्व गर्नेछन् र आगामी महिना यूएईमा हुने श्रीलंकाविरुद्धको शृंखलाअघि टोलीमा आबद्ध हुने जनाइएको छ ।
पाइबसले इंग्ल्यान्डकै जोनाथन ट्रटको स्थान लिएका हुन्। ट्रटले तीन वर्ष मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेर टी–२० विश्वकपपछि पद छाडेका थिए।
पाइबसको खेल जीवन छोटो रह्यो। उनले सन् १९८६ मा सफोकबाट केवल एक लिस्ट ‘ए’ खेल खेलेका थिए। तर प्रशिक्षकका रूपमा उनले ठूलो अनुभव बटुलेका छन्।
उनी सन् १९९९ देखि २००३ सम्म पाकिस्तानका मुख्य प्रशिक्षक थिए र सन् १९९९ को एकदिवसीय विश्वकपमा टोलीलाई फाइनलसम्म पुर्याएका थिए। साथै उनले बंगलादेश र वेस्ट इन्डिजसँग पनि विभिन्न भूमिकामा काम गरेका छन्। उनले वेस्ट इन्डिनको डिरेक्टर अफ क्रिकेटका रूपमा पनि काम गरे ।
अफगानिस्तान हालै सम्पन्न टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको थियो। अब पाइबस मार्च महिनामा यूएईमा श्रीलंकाविरुद्ध हुने तीन एकदिवसीय र तीन टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखलाबाट जिम्मेवारी सम्हाल्नेछन्।
प्रतिक्रिया 4