News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय लिग फुटबलमा चर्च ब्वाइज युनाइटेडले त्रिभुवन आर्मी एफसीलाई २-१ ले पराजित गर्दै आर्मीको अपराजित यात्रा तोडेको छ।
- खेलमा चर्च ब्वाइजका म्यानेजर जनरन्जन देवकोटाले ५२औं मिनेटमा र प्रशिक्षक रमेश दंगालले ६३औं मिनेटमा रातो कार्ड पाएका थिए।
- फ्रेण्ड्स क्लबले चित्लाङ एफसीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् र चित्लाङ ७ खेलबाट ७ अंकसहित दशौं स्थानमा उक्लिएको छ।
१२ फागुन, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी एफसीको अपराजित यात्रामा ब्रेक लागेको छ । लिगअन्तर्गत मंगलबार एन्फा कम्प्लेक्स, सातदोबाटोमा भएको खेलमा चर्च ब्वाइज युनाइटेडले आर्मीलाई २-१ ले पराजित गरेको हो ।
चर्च ब्वाइजका लागि अबायोमी फाकुनले र रोहन कार्कीले एक-एक गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठले एक गोल गरे ।
अबायोमी फाकुनलेले ३२औं मिनेटमा गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । आर्मीले दोस्रो हाफको सुरुमै बराबरी गोल फर्कायो । नवयुग श्रेष्ठले ४७औं मिनेटमा गोल गरी खेल बराबरीमा ल्याए ।
खेलमा केही तनावपूर्णस्थित हुँदा चर्च ब्वाइजका म्यानेजर र प्रशिक्षकले रातो कार्ड सामना गरेका थिए । टिम म्यानेजर जनरन्जन देवकोटाले ५२औं मिनेटमा सिधै रातो कार्ड पाउँदा प्रशिक्षक रमेश दंगालले ६३औं मिनेटमा रातो (दोहोरो पहेँलो) कार्ड सामना गरेका थिए ।
जितपछि चर्च ब्वाइज ६ खेलबाट १३ अंक जोडेर छैटौं स्थानमा उक्लेको छ । पहिलो हारपछि आर्मी भने समान खेलबाट ११ अंकसहित सातौं स्थानमा झरेको छ ।
यस्तै मंगलबारै भएको दोस्रो खेलमा फ्रेण्ड्स क्लबले चित्लाङ एफसीसँग गोलरहित बराबरी खेल्द अंक बाँडेको छ । फ्रेण्ड्स पहिलो हाफमै पेनाल्टी हान्ने अवसर पाएपनि आशिष चापागाँईले गोल गर्न सकेनन् ।
चित्लाङ ७ खेलबाट ७ अंकसहित दशौं स्थानमा उक्लेको छ । यस्तै समान खेलबाट फ्रेण्ड्स ५ अंकसहित १२औं स्थानमा छ ।
प्रतिक्रिया 4