+

राष्ट्रिय लिग : अब्दुलको ह्याट्रिक, लालिगुराँस शीर्ष स्थानमा

२०८२ फागुन  १३ गते १२:३४ २०८२ फागुन १३ गते १२:३४
राष्ट्रिय लिग : अब्दुलको ह्याट्रिक, लालिगुराँस शीर्ष स्थानमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अब्दुस युसुफ हाउलेको ह्याट्रिक मदतमा सुर्खेतको कांक्रेविहार क्लबलाई पराजित लालिगुराँस एसोसिएसन राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा उक्लेको छ।
  • लालिगुराँसले सात खेलमा ५ जित र २ बराबरीसहित १७ अंक जोडेको छ भने कांक्रेविहार अझै जितविहिन छ।
  • त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज थप २ खेल हुनेछन्।

१३ फागुन, काठमाडौं । अब्दुस युसुफ हाउलेको ह्याट्रिक मदतमा कास्कीको लालिगुराँस एसोसिएसन राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा उक्लेको छ ।

सुर्खेतको कांक्रेविहार क्लबलाई ४-१ ले पराजित गर्दै लालिगुराँस एसोसिएसन शीर्ष स्थानमा उक्लेको हो ।

सात खेलसम्म अपराजित लालिगुराँसले ५ जित र २ बराबरीबाट १७ अंक जोडेको छ । समान खेल खेलेको काँक्रेविहार अझै जितविहिन छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंशालामा भएको खेलमा लालिगुराँसको लागि विदेशी खेलाडी अब्दुस युसुफ हाउलेले ह्याट्रिक गरे । यस्तै मुकुन्द निउरेले एक गोल गरे ।

कांक्रेविहारका लागि सोनाम आचार्यले एक गोल फर्काए । राष्ट्रिय लिगमा ह्याटिक गर्ने अब्दुल तेस्रो खेलाडी हुन् । यसअघि चर्च ब्वाईज युनाईटेडका मिलन राई, प्लानिङ ब्वाईज युनाईटेडका पापा इबोउ केबेलेह्याट्रिक गरेका थिए ।

लालिगुराँसले दुवै हाफमा दुई-दुई गोल गरेको थियो ।

आजै श्री भगवती क्लब र सातदोबाटो युथ क्लबबीच दिउँसो २ बजे तथा मनाङ मर्स्याङ्दी क्लब र एपीएफ एफसीबीच साँझ ६ बजे खेल हुनेछ । दुवै खेल दशरथ रंगशालामा हुनेछ ।

राष्ट्रिय लिग फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय