News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय क्रिकेटर रिंकु सिंह पारिवारिक कारण देखाउँदै जारी टी-२० विश्वकप छाडेर घर फर्किएका छन्।
- उनले सुपर ८ अन्तर्गत जिम्बाब्बेविरुद्धको खेल गुमाउने आंशका बढेको छ।
- सुपर ८ को पहिलो खेलमा भारत दक्षिण अफ्रिकासँग ७६ रनले पराजित भएको थियो।
१३ फागुन, काठमाडौं । भारतीय क्रिकेटर रिंकु सिंह जारी टी-२० विश्वकप छाडेर घर फर्किएका छन् । पारिवारिक कारण देखाउँदै उनी घर फर्किएका हुन् ।
रिंकुको बुवाको अवस्था गम्भीर रहेकाले उनी घर फर्किएको बुझिएको छ । उनले बुबाको ग्रेटर नोएडाको एक अस्पतालमा उपचार भइरहेको छ ।
योसँगै उनले चेन्नईमा बिहीबार हुने सुपर ८ अन्तर्गत जिम्बाबेविरुद्धको खेल गुमाउने आंशका बढेको छ । उक्त खेल भारतका लागि सेमिफाइनलमा स्थान बनाउन निकै महत्वपूर्ण छ ।
सुपर ८ को पहिलो खेलमा भारत दक्षिण अफ्रिकासँग ७६ रनले पराजित भएको थियो । जारी विश्वकपमा रिंकुले राम्रो प्रदर्शन गर्न सकेका छैनन् ।
उनले अमेरिकाविरुद्ध ६, नामिबियाविरुद्ध एक, पाकिस्तानविरुद्ध ११, नेदरल्यान्ड्सविरुद्ध ६ रन बनाएका थिए भने दक्षिण अफ्रिकाविरुद्ध शून्यमै आउट भए ।
उनी टोलीमा नहुँदा सञ्जु सामसनले भारतीय टोलीबाट खेल्ने अवसर पाउने सम्भावना छ ।
प्रतिक्रिया 4