+

राष्ट्रिय लिग फुटबल : मनाङलाई हराउँदै एपीएफ शीर्षस्थानमा

२०८२ फागुन  १३ गते २०:२९ २०८२ फागुन १३ गते २०:२९
राष्ट्रिय लिग फुटबल : मनाङलाई हराउँदै एपीएफ शीर्षस्थानमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एपीएफ एफसीले १३ फागुनमा दशरथ रंगशालमा मनाङ मर्स्याङ्दी क्लबलाई २-० ले पराजित गर्दै राष्ट्रिय लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ।
  • एपीएफले ७ खेलमा ६ जित र १ बराबरीबाट १९ अंक जोडेको छ भने मनाङ ८ खेलमा ४ हारसहित ८ अंकसहित नवौं स्थानमा छ।
  • लालिगुराँस एसोसिएसनले कांक्रेविहार क्लबलाई ४-१ ले पराजित गरेको थियो र श्री भगवती क्लब र सातदोबाटो युथ क्लबले गोलरहित बराबरी खेलेका छन्।

१३ फागुन, काठमाडौं । विभागीय टोली एपीएफ एफसी राष्ट्रिय लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको बुधबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई २-० ले पराजित गर्दै एपीएफ एक दिनपछि नै शीर्षस्थानमा उक्लिएको हो ।

एपीएफले खेलको दुवै हाफमा गोल गरेको थियो । प्रदिप लामाले ४२औं मिनेटमा गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा युवराज खड्काले ७१औं मिनेटमा गोल गरे ।

एपीएफले ७ खेल खेल्दा ६ जित र १ बराबरीबाट १९ अंक जोडेको छ । चौथो हार बेहोरेको मनाङ भने ८ खेलबाट ८ अंकसहित नवौं स्थानमै छ ।

बुधबारै बिहान भएको पहिलो खेलमा कास्कीको लालिगुराँस एसोसिएसनले सुर्खेतको कांक्रेविहार क्लबलाई ४-१ ले पराजित गरेको थियो । त्यस जितपछि लालिगुराँस एसोसिएसन शीर्ष स्थानमा उक्लेको थियो । तर त्यो अग्रता लामो समय रहेन ।

यस्तै बुधबार दिउँसो भएको खेलमा श्री भगवती क्लब र सातदोबाटो युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

राष्ट्रिय लिग फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय