+
+
Shares

डोटीका १३ मतदान केन्द्रमा एक हजार भन्दा बढी मतदाता

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डोटी जिल्लामा कुल एक लाख २८ हजार ३९९ मतदाता कायम छन् ।

रामहरि ओझा रामहरि ओझा
२०८२ फागुन १४ गते १८:३५

१३ फागुन, डोटी । डोटी जिल्लामा निर्धारित १८० मतदान केन्द्रमध्ये १३ केन्द्रमा एक हजार भन्दा बढी मतदाता रहेका छन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार बडीकेदार गाउँपालिका-४ को शिवजी माध्यमिक विद्यालयको मतदान केन्द्रमा सबैभन्दा बढी एक हजार ७५ मतदाता छन् ।

सबैभन्दा कम मतदाता भने जोरायल गाउँपालिका–४ को रघुनाथ माध्यमिक विद्यालयको मतदान केन्द्रमा १७४ जना मात्रै छन् ।

यस्तै एक हजार भन्दा बढी मतदाता रहेका केन्द्रमा आदर्श गाउँपालिका–१ को भैरव माध्यमिक विद्यालय (क) मा एक हजार ६४ र (ख) मा एक हजार ५४ मतदाता छन् ।

यस्तै आदर्श गाउँपालिका–४ को दुर्गा आधारभूत विद्यालयमा एक हजार ४७, केआईसिंह गाउँपालिका–१ को डुम्राकोट आधारभूत विद्यालयमा एक हजार एक, जोरायल गाउँपालिका–१ को कफलकट्टेश्वर आधारभूत विद्यालय (ख) मा एक हजार पाँच, जोरायल गाउँपालिका–३ को रत्न माध्यमिक विद्यालय राउतकट्टेमा एक हजार १६ र दिपायल सिलगढी नगरपालिका–२ को दिल्पेश्वर माविमा एक हजार १६ जना मतदाता छन् ।

यस्तै दिपायल सिलगढी–५ को तेडी आधारभूत विद्यालय लेगठाँटामा एक हजार १०, पूर्वीचौकी गाउँपालिका–५ को महालक्ष्मी आधारभूत विद्यालय धानुकाँडामा एक हजार २९, वडीकेदार गाउँपालिका–३ को विष्णु मावि मुलेचौरमा एक हजार १६, सायल गाउँपालिका–६ को हिमालय मावि दल्लेकमा एक हजार १६ र बोगटान फुड्सिल गाउँपालिका–५ को दर्जाकोट माविमा एक हजार ४६ जना मतदाता छन् ।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डोटी जिल्लामा कुल एक लाख २८ हजार ३९९ मतदाता कायम छन् ।

लेखक
रामहरि ओझा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?