+
+
Shares

कास्की आदर्श समाज स्पेनको नयाँ कार्यसमिति चयन, अध्यक्षमा लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १५ गते ७:४५

बार्सिलोना । कास्की आदर्श समाज, स्पेनको छैटौँ अधिवेशनबाट २९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । शुक्रबार बार्सिलोनामा सम्पन्न अधिवेशनले शिवकुमार लामिछानेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मोहनराज गौतम चयन भएका छन् भने उपाध्यक्षद्वयमा गीता बराल र दिनेश कार्की रहेका छन् ।

महासचिवमा सूर्यप्रकाश ढुंगाना, सचिवमा सूर्यप्रसाद गौतम तथा कोषाध्यक्षमा सुमित्रा कुमारी चापागाईं भण्डारी चयन भएका छन् ।

सदस्यहरूमा दिपेन्द्र जिसी, विष्णुमाया कुमाल, शालिकराम दाहाल, हरिमाया पौडेल, श्याम क्षेत्री, श्याम अधिकारी, अंकित बराल, शंकर रिमाल, तुलसी भण्डारी, प्रज्वल पराजुली, सुशील भण्डारी, लक्ष्मण गुरुङ, खेमराज लामिछाने, विनोद सुवेदी, कृष्ण पौडेल, किरण ढुंगाना, परिवेश केसी, सुदर्शन थापा, सुजल भण्डारी, दिपेश थापा, प्रकाश थापा र लक्ष्मण दाहाल रहेका छन्।

अधिवेशनले संस्थाका पूर्व अध्यक्ष तथा संस्थापकहरूसहित विभिन्न व्यक्तित्वहरूलाई संरक्षक तथा सल्लाहकारमा मनोनयन गरेको छ । पूर्व अध्यक्षहरू दिलनाथ भण्डारी, केदार ढुंगाना, बलबहादुर कार्की, पुष्प केसी र कुमार गुरुङ संरक्षकमा चयन भएका छन् ।

यसैगरी सल्लाहकार संयोजकमा सन्दिप मोहन भट्टराई चयन भएका छन् । सल्लाहकारहरूमा बसन्त रानाभाट, राजेन्द्र कडेल, जीवनजंग राणा, शान्ता राणा, देउकाजी गुरुङ, बेलकाजी गुरुङ, सुरेश भण्डारी, एकराज भण्डारी, दीपक बस्नेत, देवी कुमारी गौतम र गणेशराज अधिकारी रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष लामिछानेले प्रवासमा रहेका कास्केलीहरूलाई एकताबद्ध गर्दै सामाजिक, सांस्कृतिक तथा आपतकालीन सहयोगका कार्यक्रमलाई अझ प्रभावकारी बनाइने बताए । उनले स्पेनमा रहेका नेपाली समुदायको हित, सहकार्य र समन्वयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्का वरिष्ठ उपाध्यक्ष विशाल ढुंगाना, उपमहासचिव इन्द्रकमल राजभाट, एनआरएन बेल्जियमका पूर्व अध्यक्ष चित्र सुवेदी, एनआरएनए स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठ, आईसीसी सदस्य यक्षनारायण पौडेल लगायतले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

सन् २०१५ मा स्थापना भएको कास्की आदर्श समाज, स्पेनले प्रवासमा रहेका कास्केली तथा नेपाली समुदायबीच आपसी सहयोग, सांस्कृतिक संरक्षण र सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?