+
+
Shares
फ्राइडे रिलिज :

हलमा लागे राजेश हमालको ‘प्रवासी जीवन’, हलिउडको हरर ‘स्क्रिम सेभेन’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १५ गते १२:४०
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजेश हमाल स्टारर सोसल ड्रामा ‘प्रवासी जीवन’ शुक्रबारदेखि नेपालका हलमा प्रदर्शनमा आएको छ।
  • हलिउडको हरर फिल्म ‘स्क्रिम सेभेन’ पनि शुक्रबारदेखि नेपाली हलमा रिलिज भएको छ।
  • ‘प्रवासी जीवन’ मा अमेरिकामा बसोबास गर्ने नेपालीको संघर्ष चित्रण गरिएको छ भने ‘स्क्रिम सेभेन’ मा भूतले परिवारलाई आक्रमण गर्ने कथा छ।

काठमाडौं । शुक्रबारदेखि नेपालका हलमा दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । राजेश हमाल स्टारर सोसल ड्रामा ‘प्रवासी जीवन’ र हलिउडको हरर फिल्म ‘स्क्रिम सेभेन’ रिलिज भएका हुन् ।

श्याम क्षेत्री र राम अधिकारी निर्देशित फिल्म ‘प्रवासी जीवन’ ले विशेषगरि अमेरिकामा बसोबास गर्ने नेपालीको दुःख, संघर्ष र भोगाइलाई चित्रण गरेको छ ।

यो फिल्ममा हमालसहित सरिता लामिछाने, बुद्धि तामाङ र श्याम क्षेत्रीको शीर्ष भूमिका छ । यो फिल्मको रनटाइम ११० मिनेट र सर्टिफिकेट पीजी छ ।

हलिउडको हरर फिल्म ‘स्क्रिम सेभेन’ लाई केभिन विलियमसनले निर्देशन गरेका हुन् । भूतको अनुहार बोकेको एक पात्रले आफ्नो परिवार र छोरीलाई आक्रमण गर्न थाल्छ । यो चुनौतिलाई रोक्न पात्रले संघर्ष गर्नुपर्छ । तपाईंलाई हरर फिल्ममा रुचि छ भने यो फिल्म दर्शनीय हुनसक्छ ।

यो फिल्मले एडल्ट सर्टिफिकेट प्राप्त गरेको छ भने रनटाइम ११४ मिनेट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?