News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्लिस प्रिमियर लिगले आगामी सिजनदेखि आफ्नै प्रत्यक्ष ग्राहकमा आधारित स्ट्रिमिङ प्लाटफर्म 'प्रिमियर लिग प्लस' सुरु गर्ने घोषणा गरेको छ।
- 'प्रिमियर लिग प्लस' सेवा सिंगापुरमा परीक्षणका रूपमा सञ्चालन हुनेछ र सफल भएमा विश्वभर विस्तार गरिने योजना छ।
- प्रिमियर लिगले नयाँ 'प्रिमियर लिग स्टुडियो' उत्पादन केन्द्र लण्डनमा स्थापना गर्ने र मूल्य निर्धारण, प्रचार–प्रसारमा अनुभव बटुल्ने बताएको छ।
१५ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिगले आगामी सिजनदेखि आफ्नै प्रत्यक्ष ग्राहकमा आधारित (डाइरेक्ट–टु–कस्टमर) स्ट्रिमिङ प्लाटफर्म सुरु गर्ने भएको छ। प्रमुख कार्यकारी रिचर्ड मास्टर्सले यो घोषणा गरेका हुन्।
‘प्रिमियर लिग प्लस’ नाम दिइएको नयाँ सेवा सुरुमा सिंगापुरमा परीक्षणका रूपमा सञ्चालन हुनेछ। सफल भएमा यसलाई विश्वभर विस्तार गर्ने योजना रहेको जनाइएको छ।
मास्टर्सले लण्डनमा आयोजित ‘फाइनान्सियल टाइम्स बिजनेस अफ फुटबल समिट’मा बोल्दै पहिलोपटक प्रिमियर लिगले आफ्नै प्रत्यक्ष ग्राहकसँग काम गर्न लागेकाले मूल्य निर्धारण, प्रचार–प्रसार, वितरण र ग्राहक टिकाइराख्ने जस्ता विषयमा अनुभव बटुल्ने बताए।
विश्वकै लोकप्रिय फुटबल लिग मानिने प्रिमियर लिगका अनुसार यसको विश्वव्यापी दर्शक संख्या १ अर्ब ८७ करोड रहेको छ र १८९ देशमा हेर्ने गरिन्छ।
यसअघि प्रिमियर लिगले आफ्नो प्रसारण अधिकार बेलायतमा स्काइ स्पोर्ट्स र अमेरिकामा एनबीसीजस्ता स्वतन्त्र प्रसारकलाई बिक्री गर्दै आएको थियो। लामो समयदेखि लिगले आफ्नै ‘प्रिमफ्लिक्स’ शैलीको प्लेटफर्म ल्याउने चर्चा चल्दै आएको थियो।
लिगले लण्डनमा नयाँ ‘प्रिमियर लिग स्टुडियो’ उत्पादन केन्द्र पनि स्थापना गर्ने जनाएको छ।
मास्टर्सका अनुसार सिंगापुरमा सुरु हुने ‘प्रिमियर लिग प्लस’बाट व्यवसाय विस्तारसँगै अनुभवसमेत हासिल गरिनेछ। सफल भएमा अन्य देशमा पनि विस्तार गर्ने सम्भावना रहने उनले बताए।
-एजेन्सीबाट
प्रतिक्रिया 4