+
+
Shares

फिल्म ‘लालिमा’ बारे के भन्छन् निर्देशक र कलाकार ?

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १५ गते १७:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'लालिमा' का निर्देशक रोशन मिराजे २० वर्षदेखि यौनकर्मीसँग जोडिएर उनीहरूको व्यवहार अध्ययन गर्दै फिल्म बनाएको बताए।
  • अभिनेत्री उषा रजकले ३ हजार यौनकर्मीको अनुभव भएकाले उनीहरूको पीडाको कथा भन्न फिल्ममा अनुबन्धित भएको बताइन्।
  • फिल्म 'लालिमा' फागुन २९ बाट प्रदर्शनमा आउनेछ र यसमा रोश्नी कार्की, जीवन भट्टराई लगायतका कलाकार छन्।

काठमाडौं । फिल्मलाई गहिरोरुपमा चित्रण गर्न दुई दशकदेखि यौनकर्मीसँग जोडिएर उनीहरूको व्यवहारको अध्ययन गरिएको फिल्म ‘लालिमा’ का निर्माताले बताएका छन् ।

आयोजित पत्रकार भेटघाटमा निर्देशक तथा पटकथा लेखक रोशन मिराजे यौनकर्मीको अवस्था गहनरुपले डकुमेन्ट्रीमा देखाउन सम्भव नभएपछि कलाकार लिएर फिल्म बनाउने निर्णय लिएको बताए ।

उनले भने, ‘हामी पछिल्लो २० वर्षदेखि यौनकर्मीसँग जोडिएर काम गरिरहेका छौं । डकुमेन्ट्री बनाउन खोज्दा परिचय खुल्ने डरले उहाँहरू  पर्दामा देखिन चाहनुभएन । फिल्म बनाउँछौं भन्दा आफ्नो अवस्था, समस्या र पीडाबारे खोल्न तयार हुनुभयो ।’

यौनकर्मीप्रतिको दृष्टिकोण र उनीहरूको वास्तविकताको खाडल पुर्न कथानक फिल्म निर्माण गरिएको उनले बताए । लामो समयदेखि निर्माण पक्षले यौनकर्मीसँग जोडिएर गरेको काम गरिरहेका कारण आफू यस फिल्ममा अनुबन्धित भएको अभिनेत्री उषा रजकले बताइन् ।

उनले भनिन्, ‘कसैको पीडालाई फिल्म बनाउने अधिकार कसैलाई छैन जस्तो मलाई लाग्छ । तर, यो टिमले २० वर्षदेखि यौनकर्मीसँग जोडिएर काम गरेको छ । उनीहरुको पीडामा साथ दिएको छ । उहाँहरूसँग तीन हजार यौनकर्मीको जोडिएर काम गरेको अनुभव छ । सोहीकारण उहाँहरूलाई यौनकर्मीको पीडाको कथा भन्ने अधिकार छ जस्तो लाग्यो । त्यही भएर म यो फिल्मको कलाकार बन्न तयार भएँ ।’

समस्यामा परेका यौनकर्मीको आवाज बनेर फिल्ममा देखिन पाउने अवसर गुमाउन नचाहेका ‘लालिमा’मा काम गरेको शीर्ष अभिनेत्री रोश्नी कार्कीले बताइन् ।

उनले भनिन्, ‘समाजले यौनकर्मीलाई मानवको दर्जासमेत दिएको छैन । फिल्मको प्रस्ताव आएपछि मैले उहाँहरूबाट बुझेको प्रमुख कुरा यही हो । उहाँहरू यो कर्ममा आउनुको कारण डरलाग्दो छ । उहाँहरूको आवाज बन्न म यो फिल्ममा जोडिएको हो ।’

फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्ममा रोश्नी र उषासहित कलाकार जीवन भट्टराई, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन् । फागुन २९ बाट प्रदर्शनमा आउने यस फिल्मको कार्यकारी निर्माता रीना लामा हुन् । नेसनल सिने ग्रुप नेपालले यो फिल्म वितरण गर्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?