News Summary
Generated by OK AI. Editorially reviewed.- रणवीर सिंह अभिनित फिल्म 'धुरन्धर'ले भारतीय बक्स अफिसमा १३०० करोड रुपैयाँभन्दा बढी कमाइ गरिसकेको छ।
- 'धुरन्धर' नेटफ्लिक्समा सन् २०२४ यता सबैभन्दा धेरै हेरिने भारतीय फिल्म बनेको छ र २०.७ मिलियन भ्यूज हासिल गरेको छ।
- यो फिल्म पाकिस्तान, बंगलादेश, ओमान, माल्दिभ्स लगायत ८ देशमा शीर्ष १० गैर-अंग्रेजी फिल्मको सूचीमा स्थान बनाएको छ।
मुम्बई । रणवीर सिंह अभिनित स्पाइ-थ्रिलर फिल्म ‘धुरन्धर’ ले भारतीय बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गर्दै सबैको मन जित्यो । रिलिजको चार हप्तामै यसले नेटफ्लिक्समा सन् २०२४ यता रिलिज भएका ठूला भारतीय फिल्मलाई पछि पारेको थियो ।
भारत मात्र होइन, पाकिस्तान, बंगलादेश, ओमान र माल्दिभ्समा पनि उत्कृष्ट १० गैर-अंग्रेजी फिल्मको सूचीमा नम्बर १ स्थानमा ट्रेन्ड भइरहेको छ ।
आदित्य धर निर्देशित फिल्मले बहराइन, कुवेत, श्रीलंका, मलेसिया, कतार, यूएई, मौरिसस र नाइजेरिया लगायत ८ देशमा पनि शीर्ष १० स्थान बनाएको छ । भारतीय बक्स अफिसमा १३०० करोड रुपैयाँभन्दा बढी कमाइ गरिसकेको छ ।
ओटीटी प्लेटफर्ममा पनि बलियो उपस्थिती देखिन्छ । नेटफ्लिक्सको तथ्यांकअनुसार चौथो हप्तामा फिल्मले २ मिलियन भ्यूज हासिल गरेको छ र विश्वव्यापी शीर्ष १० गैर-अंग्रेजी फिल्मको सूचीमा आठौँ स्थानमा पुगेको छ । एक महिनामै फिल्मले करिब ६६.३ मिलियन घण्टा हेरिएको रेकर्ड पार गरेको छ ।
३० जनवरीदेखि ओटीटी प्लेटफर्ममा स्ट्रिम भइरहेको यो फिल्म नेटफ्लिक्समा सन् २०२४ यता सबैभन्दा धेरै हेरिने भारतीय फिल्म बनेको छ । यसले विजय सेतुपतिको फिल्म ‘महाराजा’ लाई पछि पार्दै पहिलो स्थान हासिल गरेको छ ।
यदि सन् २०२४ देखि २०२६ सम्म यस ओटीटी प्लेटफर्ममा थिएटरमा रिलिज भएपछि स्ट्रिम भएका फिल्महरूको भ्यूजको कुरा गर्ने हो भने, त्यस सूचीमा धेरै ब्लकबस्टर फिल्महरू समावेश छन् ।
नेटफ्लिक्समा सबैभन्दा धेरै हेरिएका शीर्ष १० भारतीय फिल्म
१. धुरन्धर (२०२६)- २०.७ मिलियन
२. महाराजा (२०२४)- १९.७ मिलियन
३. लकी भास्कर (२०२४)- १९.४ मिलियन
४. क्रू (२०२४)- १७.९ मिलियन
५. लापता लेडीज (२०२४)- १७.१ मिलियन
६. शैतान (२०२४)- १४.८ मिलियन
७. फाइटर (२०२४)- १४ मिलियन
८. एनिमल (२०२४)- १३.६ मिलियन
९. रेड २ (२०२५)- १२.३ मिलियन
१०. हक (२०२६)- ११.३ मिलियन
प्रतिक्रिया 4