+
+
Shares

राजनीतिका विकृति सफा गरेर अघि बढ्ने विश्वास दिलाउँछौं : प्रदीप पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १६ गते ११:४२

१६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीका पक्षमा देशैभरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताएका छन् ।

काठमाडौं-५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका पौडेलले शनिबार भिडियो सन्देश जारी गर्दै देशभरबाट प्राप्त उत्साहजनक प्रतिक्रियाले ऊर्जा प्राप्त भएको उल्लेख गरेका छन् ।

‘देशभरका साथीहरू र मतदाताले फोन गरेर तपाईंहरूले कांग्रेस रूपान्तरण गर्नुभयो । अब देश रूपान्तरण गर्ने प्रक्रियामा अझ उत्साहजनक तरिकाले अगाडि बढ्नुस् भनेको विषयले अझ उत्साही बनाएको छ’, उनले भनेका छन् ।

महामन्त्री पौडेलले देशैभर छरिएर रहेका पार्टीका नेता–कार्यकर्ताहरूलाई मतदातामाझ पुग्न आग्रह पनि गरेका छन् । उनले राजनीतिका तमाम विकृति सफा गर्ने र नयाँ ढंगले अघि बढ्ने विश्वास दिलाएका छन् ।

महामन्त्री पौडेलले काठमाडौं–५ का मतदाताबाट समेत स्नेह प्राप्त भएको बताएका छन् । ‘आदरणीय मतदाताज्यूहरूले जसरी स्नेह प्रकट गर्नुभएको छ, त्यसबाट मलाई उर्जा प्राप्त भएको छ’, उनले भनेका छन्, ‘म अत्यन्त उत्साही छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?