+
+
Shares

गगनको टिप्पणी- यहाँ कोही नयाँ छैनन्, विगतमा सत्ताको खेलमै रहेका अनुहार हुन्

‘केही नेताहरूलाई गृहमन्त्री र प्रधानमन्त्री बन्ने हतारो देखिएको छ । यस्तो पदलोलुप प्रवृत्तिले देशलाई सही दिशामा लैजान्न,’ सभापति थापाले भने ।

सफल खतिवडा सफल खतिवडा
२०८२ फागुन १६ गते २१:३७

१६ फागुन, वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको चुनावमा प्रतिस्पर्धा गरिरहेका सबै पुरानै अनुहार भएको टिप्पणी गरेका छन् । शनिबार वीरगञ्जमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले हिजो कांग्रेस, एमाले र माओवादी चहार्दै रास्वपामा पुगेकाहरू अहिले आफूलाई नयाँ भनेर दाबी गरिरहेको टिप्पणी गरेका हुन् ।

आफूलाई ‘नयाँ’ भन्नेहरू विगतमा सत्ताकै खेलमा संलग्न रहेका अनुहार रहेको  आरोप लगाए । ‘केही नेताहरूलाई गृहमन्त्री र प्रधानमन्त्री बन्ने हतारो देखिएको छ । यस्तो पदलोलुप प्रवृत्तिले देशलाई सही दिशामा लैजान्न,’ सभापति थापाले भने ।

‘हामी जित्छौँ कि हार्छौँ, त्यो गौण कुरा हो । मुख्य कुरा सिद्धान्त र सही मार्गमा अडिग रहनु हो,’ उनले भने, ‘त्यसैले नेपाली कांग्रेसका आम कार्यकर्ताहरू अब झन् जागरुक भएर लाग्नु पर्ने समय छ ।’

फागुन २१ को चुनावलाई लक्षित गर्दै थापाले गडबडी नगरी सबै एकजुट भएर लाग्न कार्यकर्तालाई निर्देशन दिए । आगामी ५ वर्ष विकास, सुधार र गतिशील सरकारको ग्यारेन्टी कांग्रेसले लिएको दाबी गर्दै जनताको घरदैलोसम्म त्यो सन्देश दिन सुझाए ।

‘अबको पाँच वर्ष नेपालमा कुनै दुर्घटना वा द्वन्द्व हुन दिइने छैन । न जातका नाममा, न धर्मका नाममा, न मधेस-पहाडका नाममा, न हुने–खाने र हुँदा–खानेका नाममा विभाजन हुन दिइनेछ,’ सभापति थापाले भने ।

लेखक
सफल खतिवडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?