News Summary
Generated by OK AI. Editorially reviewed.- चर्च ब्वाइज युनाइटेडले राष्ट्रिय लिग फुटबलमा मछिन्द्र एफसीलाई १-० ले पराजित गरी मछिन्द्रको अपराजित यात्रा टुङ्ग्याएको छ।
- अबायोमी फाकुनलेले ७४औं मिनेटमा निर्णायक गोल गर्दै चर्च ब्वाइजलाई पाँचौं जित दिलाएका थिए।
- चर्च ब्वाइजले ७ खेलबाट १६ अंक जोडेर अंकतालिकामा चौथो स्थानमा उक्लेको छ र मछिन्द्र पहिलो हार भोगेको छ।
१६ फागुन, काठमाडौं । चर्च ब्वाइज युनाइटेडसँग हार बेहोरेपछि राष्ट्रिय लिग फुटबलमा मछिन्द्र एफसीको अपराजित यात्रा टुङ्गिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शनिबार भएको दिनको तेस्रो खेलमा चर्च ब्वाइजले मछिन्द्रलाई १-० ले पराजित गरेको हो । यसअघि ६ खेलमा अपराजित रहेको मछिन्द्र सातौं खेलमा पराजित भएको हो ।
चर्च ब्वाइजलाई जित दिलाउन अबायोमी फाकुनलेले निर्णायक गोल गरे । उनले ७४औं मिनेटमा गोल गरेका थिए । फाकुनले नै खेलको प्लेअर अफ दि म्याच घोषित भए ।
राष्ट्रिय लिगमा चर्च ब्वाइजको यो पाँचौ जित हो । जितपछि चर्च ब्वाइजले मछिन्द्र सामान ७ खेलबाट १६ अंक जोडेको छ । मछिन्द्रलाई हेड टु हेड र गोल अन्तरमा पनि पछि पार्दै चर्च ब्वाइज अंकतालिकामा चौथो स्थानमा उक्लेको छ ।
चर्च ब्वाइज भन्दा एक खेल बढी खेलका एपीएफ २० अंकसहित पहिलो, लालिगुराँस एसोसिएसन १९ अंकसहित दोस्रो र प्लानिङ ब्वाइज १८ अंकसहित तेस्रोमा छ ।
मछिन्द्रको पहिलो हारपछि अब एपीएफ र कास्कीको लालिगुराँस मात्र राष्ट्रिय लिगमा अपराजित छन् ।
प्रतिक्रिया 4