+
+
Shares

कतारले लगायो सार्वजनिक कार्यक्रमहरूमा रोक 

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १६ गते २३:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कतार सरकारले अर्को सूचना नआएसम्म देशभर सार्वजनिक कार्यक्रम र मनोरञ्जनात्मक गतिविधिमा रोक लगाएको छ।
  • कतारको राजधानी दोहामा विस्फोटका आवाज सुनेपछि सार्वजनिक कार्यक्रम स्थगित गरिएको हो।
  • कुवेतले मस्जिदमा तरावीह र बिहीबारको प्रार्थना अर्को सूचना नआएसम्म रद्द गरेको छ।

१६ फागुन, काठमाडौं । कतार सरकारले अर्को सूचना नआएसम्म देशभर सार्वजनिक कार्यक्रममा रोक लगाएको छ ।

इरानमाथि इजरायली हमलाको प्रतिक्रियामा इरानले मध्यपूर्वका विभिन्न देशमा रहेका सैन्य बेस क्याम्प लक्षित हमला गरिरहेको छ ।

अलजजिराका अनुसार, कतारको राजधानी दोहाको आकाशमा पनि धेरैपटक विस्फोटका आवाजहरू सुनिएका छन् ।

यही पृष्ठभूमिमा कतारले शनिबार रातिबाट अर्को सूचना नआएसम्म सबै सार्वजनिक कार्यक्रम, भेला र होटल तथा पर्यटकीय स्थलहरूमा हुने मनोरञ्जनात्मक गतिविधिहरू स्थगित गरेको घोषणा गरेको हो।

यसका साथै, मुस्लिमहरूको पवित्र महिना रमजानको अवसरमा प्रायः होटल र पर्यटकीय स्थलहरूले कम्पनीहरू, सरकारी निकायहरू र सर्वसाधारणका लागि आयोजना गर्ने सबै ‘रमजान टेन्ट’ र इफ्तार कार्यक्रमहरूमा पनि रोक लगाइएको छ।

कुवेतले गर्‍यो रमजान र प्राथना रद्द  

यसैगरी, कुवेतको इस्लामिक मामिला मन्त्रालयले अर्को सूचना जारी नभएसम्मका लागि सबै मस्जिदहरूमा तरावीह (रमजानको समयमा पढिने रात्रिकालीन नमाज) रद्द गरिएको घोषणा गरेको छ।

यसका साथै, मन्त्रालयले अर्को सूचना नआएसम्म बिहीबार पढिने नमाज (प्रार्थना) पनि रोक्न आदेश दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?