News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबिया, कतार, युएईका नेताहरू र नेटो महासचिव मार्क रुटसँग कुराकानी गर्नुभएको छ।
- ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले ट्रम्पले यी नेताहरूसँग सवांद गरेको जानकारी अलजजिरालाई दिनुभएको छ।
- इरानले अमेरिका र इजरायलको आक्रमणको प्रतिकारमा उत्रिएपछि मध्यपूर्व क्षेत्रमा तनाव बढेको छ।
१७ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबिया, कतार, यूएईका नेता र नेटो प्रमुखसँग कुराकानी गरेका छन् ।
ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले अलजजिरालाई बताए अनुसार, ट्रम्पले नेटो महासचिव मार्क रुटसहित अन्य देशका नेताहरूसँग सवांद गरेका हुन् ।
‘राष्ट्रपति ट्रम्पले साउदी अरेबिया, कतार, युएईका नेताहरू र नेटो महासचिव मार्क रुटसँग कुरा गर्नुभएको छ,’ उनले सञ्जालमा बताएकी छिन् ।
यसअघि कतार लगायतका देशका प्रमुखहरूले पनि संयुक्त राष्ट्रसंघ लगायतसँग छलफल गरेका थिए ।
इरान अमेरिका र इजरायलको आक्रमणको प्रतिकारमा इरान उत्रिएपछि शनिबार बिहानैदेखि मध्यपूर्व तनावग्रस्त छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4