+

डेर क्लासिकरमा केनको दुई गोल, पाँच-गोल ‘थ्रीलर’ मा बायर्नले डर्टमन्डलाई हरायो

२०८२ फागुन  १७ गते १०:५९ २०८२ फागुन १७ गते १०:५९
डेर क्लासिकरमा केनको दुई गोल, पाँच-गोल ‘थ्रीलर’ मा बायर्नले डर्टमन्डलाई हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जर्मन बुन्डेसलिगा अन्तर्गत डेर क्लासिकर खेलमा बायर्नले डर्टमन्डलाई ३-२ ले पराजित गरेको छ।
  • यो जितपछि बायर्नले २४ खेलबाट ६३ अंक जोड्दै डर्टमन्डसँग ११ अंकको अग्रता बनाएको छ।
  • अन्य खेलमा बोरुसिया मोन्चेनग्लाडबाकले युनियन बर्लिनलाई १-० ले पराजित गरेको छ।

१७ फागुन, काठमाडौं । इंग्लिस स्ट्राइकर ह्यारी केनको दुई गोल मदतमा जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति भएको ‘डेर क्लासिकर’ मा शीर्ष स्थानको बायर्नले बोरुसिया डर्टमन्डलाई पराजित गरेको छ ।

पाँच गोलको ‘थ्रिलर’ खेलमा बायर्नले डर्टमन्डलाई ३–२ ले पराजित गरेको हो । बायर्न र डर्टमन्डबीचको खेल जर्मन क्लासिको अर्थात डेर क्लासिरको रुपमा परिचित छ ।

यो जितपछि लिग लिडर बायर्नले दोस्रो स्थानको डर्टमन्डसँग ११ अंकको अग्रता बनाएको छ । बायर्नले २४ खेलबाट ६३ अंक जोडेको छ भने समान खेलबाट डर्टमन्डको ५२ अंक छ ।

घरेलु मैदानमा भएको खेलमा पहिले अग्रता भने डर्टमन्डले लिएको थियो । निको स्लोटरबेकले पहिलो हाफको २६औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाएका थिए ।

तर दोस्रो हाफमा बायर्न खेलमा हावी बन्यो । केनले ५४औं मिनेटमा सर्ज नाब्रीको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए । केनले नै ७०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बायर्नलाई २-१ ले अघि बढाए । केनले लगातार चौथो खेलमा दुई वा सोभन्दा बढी गोल गरेका छन् ।

तर डर्टमन्ड पनि सजिलै हार मान्ने पक्षमा थिएन । डानिएल स्भेन्सनले ८३औं मिनेटमा डर्टमन्डका लागि बराबरी गोल फर्काउँदै खेल रोमाञ्चक स्थितिमा पुर्‍याए ।

बराबरीतर्फ अघि बढिरहेको खेलमा अन्त्यतिर नायक बने जोसुआ किमिच । उनले खेल सकिनु तीन मिनेट अघि गोल गर्दै बायर्नलाई ३-२ को जित दिलाए ।
यस्तै बुन्डेसलिगाकै अनय खेलमा बोरुसिया मोन्चेनग्लाडबाकले युनियन बर्लिनलाई १-० ले पराजित गरेको छ ।

होफेनहेइम सेन्ट पाउलीसँग १-० ले पराजित भएको छ भने बायर लेभरकुसन र माइन्सले १-१ को बराबरी खेलेका छन् ।

जर्मन बुन्डेसलिगा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय