+
+
Shares

सर्लाहीमा बख्तरबन्द गाडीसहित नेपाली सेनाको गस्ती

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १७ गते १८:२४

१७ फागुन, सर्लाही । आगामी प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै सर्लाहीमा नेपाली सेनाले बख्तरबन्द गाडीमार्फत गस्ती सुरु गरेको छ ।

आइतबार बिहानदेखि नेपाली सेनाको टोलीले गस्ती सुरु गरेको हो ।

यसअघि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको संयुक्त टोलीले जिल्लाका विभिन्न भागमा गस्ती गर्दै आएको थियो ।

यसलाई थप मद्दतका लागि सेनाले बख्तरबन्द गाडीसहित चारवटै निर्वाचन क्षेत्रमा गस्ती सुरु गरेको हो ।

स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यले सर्लाहीमा तैनाथ नेपाली सेनाको कालिध्वज गण पाँच कुमारी ब्यारेकले सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन बख्तरबन्द गाडीसहित गस्ती निकालेको जनाएको छ ।

सेनाले जिल्लाभित्र सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।

अत्याधुनिक सैनिक सवारी साधनहरू प्रयोग गरी मतदान स्थलहरूमा एकैसाथ सुरक्षा गस्ती तथा निगरानी तीव्र बनाएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्लाभर पैदल, सवारी, मोटरसाइकल तथा बख्तरबन्दसहित सुरक्षा गस्ती सञ्चालन गरिएको प्रमुख सेनानी उमेश खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?