+
+
Shares

सिन्धुलीमा बन्चरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

कपिल कोइराला कपिल कोइराला
२०८२ फागुन १७ गते १९:५९

१७ फागुन, काभ्रेपलाञ्चोक । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीमा श्रीमान्‌को बन्चरो प्रहार गरी श्रीमतीको हत्या भएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार हरिहरपुरगढी ३ रानीपानी बस्ने बर्ष ४५ को जिते भन्ने वीरबहादुर राईले घरको कोठामा आफ्नी श्रीमती अन्दाजी ४५/४६ वर्षीया रिता राईलाई बन्चरोले टाउकोमा प्रहार गरी हत्या गरेको जानकारी दिए ।

उनका अनुसार रिताको घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी चौकी हरिहरपुरगढीबाट प्रहरी सहायक निरीक्षक नरेश कुमार रायको कमाण्डमा १२ जनाको टोली घटनास्थल गएका थिए ।

प्रहरीले आरोपित श्रीमान्‌लाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कपिलाकोटमा राखिएको छ ।

प्रहरीका अनुसार घटनाको कारण हालसम्म खुलेको छैन । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी निरीक्षक अशोक कुमार यादवको कमाण्डमा मुचुल्का टोली घटनास्थलमा खटिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?