+

सामसनको शानदार ब्याटिङमा भारत टी-२० विश्वकपको सेमिफाइनलमा, वेस्ट इन्डिज बाहिरियो

२०८२ फागुन  १७ गते २३:०४ २०८२ फागुन १७ गते २३:०४
सामसनको शानदार ब्याटिङमा भारत टी-२० विश्वकपको सेमिफाइनलमा, वेस्ट इन्डिज बाहिरियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतले सन्जु सामसनको अविजित ९७ रनको प्रदर्शनमा वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै आईसीसी टी-२० विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।
  • वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो भने भारतले १९.२ ओभरमा लक्ष्य पुरा गरेको थियो।
  • भारतले अब फाइनल प्रवेशका लागि इंग्ल्यान्डसँग खेल्नेछ भने अर्को सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्नेछन्।

१७ फागुन, काठमाडौं । सन्जु सामसनको शानदार ब्याटिङ प्रदर्शनमा भारत आईसीसी टी-२० विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको सुपर ८ को अन्तिम खेलमा वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै भारत सेमिफाइनलमा प्रवेश गरेको हो । सामसनले ५० बलमा अविजित ९७ रन बनाए ।

वेस्ट इन्डिजले दिएको १९६ रनको बलियो लक्ष्य भारतले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । अन्तिम ओभरमा ७ रन आवश्यक हुँदा सामसनले छक्का र चौका प्रहार गरे ।

तिलक वर्माले २७, कप्तान सूर्यकुमार यादवले १८, हार्दिक पान्ड्याले १७ रन बनाए । भारतको टी-२० विश्वकपमा सर्वाधिक सफल रन चेज समेत हो ।

वेस्ट इन्डिजका शमार जोसेफ र जेसन होल्डरले २-२ विकेट लिँदा अकिल होसेनले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो । रस्टन चेसले सर्वाधिक ४० रन बनाए । जेसन होल्डर ३७ तथा रोभमन पावेल ३४ रनमा अविजित रहे ।

वेस्ट इन्डिज ११९-४ को अवस्थाबाट पाँचौं विकेटका लागि होल्डर र पावेल मिलेर ७६ रनको साझेदारी गरेका थिए ।

भारतका लागि जसप्रित बुमराहले २ विकेट लिए भने हार्दिक पान्ड्या र वरुण चक्रवर्तीले १-१ विकेट लिए ।

भारतले अब फाइनल प्रवेशका लागि इंग्ल्यान्डसँग खेल्नेछ । अर्को सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्यान्ड खेल्नेछन् ।

टी-२० विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय