१८ फागुन, हुम्ला । आगामी फागुन-२१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उत्तरी नाम्खा गाउँपालिकाका ४ वटा मतदान स्थलमा नेपाली सेनाको हेलिकप्टरबाट निर्वाचन सामाग्री र कर्मचारी पुर्याइएको छ ।
हिमपातले अवरुद्ध नाम्खा गाउँपालिका-६ स्थित ५ हजार २०० मिटर उचाइको न्यालु लेक, र नाम्खा गाउँपालिका-५ को ४ हजार ९४९ मिटर उचाइको नारा लेकमा आउजाउ बन्द भएपछि नेपाली सेनाको हेलिकप्टरबाट निर्वाचन सामाग्री र कर्मचारीलाई पुर्याइएको हो ।
हिमपातले निर्वाचन सामाग्री र कर्मचारी आउजाउ गर्न समस्या भएपछि नेपाली सेनाको हेलिकप्टरबाट चारवटा मतदानस्थलमा निर्वाचन सामाग्री र कर्मचारीलाई पुर्याएको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले जानकारी दिए ।
नाम्खा गाउँपालिका-६ को हिमशिखर प्रथामिक विद्यालयल तिल, सुनखानी आधारभूत विद्यालय हल्जी, भृकुटी आधारभूत विद्यालयमा रहेको मतदानस्थलमा हेलिकप्टरबाट निर्वाचन सामग्री र कर्मचारी पुर्याइएको मुख्य निर्वाचन अधिकृत बरालले बताए ।
प्रतिक्रिया 4