+
+
Shares

महोत्तरी-१ मा उज्यालो नेपालका उम्मेदवार गुप्ता एमाले प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १८ गते १६:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महोत्तरी क्षेत्र नं १ का उज्यालो नेपाल पार्टीका उम्मेदवार मनोजकुमार गुप्ता नेकपा एमाले प्रवेश गरेका छन्।
  • गुप्ताले एमाले उम्मेदवार लक्ष्मी महतो कोइरीलाई समर्थन गर्दै पार्टी प्रवेश गरेको एमालेका युवा नेता शंकर महतोले बताए।
  • गुप्ताले राजनीतिक अस्थिरता अन्त्य गरी स्थिरता, सुशासन र समृद्धिको आधार बनाउन सक्षम नेतृत्व आवश्यक रहेको औंल्याए।

१८ फागुन, महोत्तरी । महोत्तरी क्षेत्र नं १ का उज्यालो नेपाल पार्टीका उम्मेदवार नेकपा एमाले प्रवेश गरेका छन् । कुलमान घिसिङ नेतृत्वकाे उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवार रहेका मनोजकुमार गुप्ता सोमबार एमाले प्रवेश गरेका हुन् ।

उनेपाका उम्मेदवार गुप्ता एमालेका उम्मेदवार लक्ष्मी महतो कोइरीलाई समर्थन गर्दै पार्टी प्रवेश गरेकाे एमालेका युवा नेता शंकर महतोले बताए ।

गुप्तालाई एमालेका केन्द्रीय सदस्य तथा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सरोजकुमार यादवलगायतले पार्टीमा स्वागत गरेका हुन् ।

एमाले प्रवेश गर्दै गुप्ताले मुलुकमा विद्यमान राजनीतिक अस्थिरता अन्त्य गर्दै स्थिरता, सुशासन र समृद्धिको आधार निर्माण गर्न सक्षम नेतृत्व आवश्यक रहेको औंल्याए ।

उनले लामो संघर्षबाट प्राप्त जनपक्षीय संविधान, राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक मूल्य–मान्यता र सामाजिक न्यायको रक्षा गर्न दृढ राजनीतिक इच्छाशक्ति आवश्यक रहेको उल्लेख गरे ।

महोत्तरीको समग्र विकास, सामाजिक सद्भाव, आर्थिक सशक्तीकरण तथा जनताको जीवनस्तर उकास्न राष्ट्रियहितमा आधारित निर्णय जरुरी रहेको जिकिर गर्दै यही आवश्यकतालाई मध्यनजर गरेर आफूले नेकपा एमालेका उम्मेदवार कोइरीलाई समर्थन गर्ने निर्णय लिएको गुप्ताले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?