News Summary
Generated by OK AI. Editorially reviewed.- इन्डियन प्रिमियर लिग २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले पाँच 'होम' खेल एम. चिन्नास्वामी स्टेडियममा खेल्ने निर्णय गरेको छ।
- आरसीबीले दुई 'होम' खेल रायपुरको शहीद वीर नारायण स्टेडियममा खेल्ने प्रतिबद्धता पनि पुष्टि गरेको छ।
- केएससीएले १७ बुँदे पूर्वाधार सुधार अन्तिम चरणमा पुर्याइरहेको र सुरक्षासम्बन्धी जिम्मेवारी स्पष्ट भएको बताएको छ।
१९ फागुन, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले आफ्ना पाँच ‘होम’ खेल घरेलु मैदान एम. चिन्नास्वामी स्टेडियममा खेल्ने निश्चित भएको छ।
यो निर्णय सोमबार कर्नाटक स्टेट क्रिकेट एसोसिएसन (केएससीए) र आरसीबी अधिकारीहरूबीच भएको विस्तृत छलफलपछि गरिएको हो। आईपीएल तालिका सार्वजनिक हुने तयारीमा रहेको र मार्च २८ मा सिजनको उद्घाटन खेल पनि यही मैदानमा हुने सम्भावना रहेको बताइएको छ।
फ्रेन्चाइजले यसअघि गरिएको प्रतिबद्धताअनुसार दुई ‘होम’ खेलका लागि भने रायपुरको शहीद वीर नारायण स्टेडियम रायपुर घरेलु मैदान हुने पनि पुष्टि गरेको छ।
जनवरीमा आरसीबीका सीईओ राजेश मेननले छत्तीसगढ सरकारका अधिकारीहरूसँग केही घरेलु खेल त्यहाँ खेल्ने सम्भावनाबारे छलफल गरेका थिए। उक्त क्रममा मुख्यमन्त्री विष्णु देव साईले कर छुटसहित पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको जनाइएको छ।
आरसीबीले आवश्यक अनुमतिसम्बन्धी प्रक्रिया पूरा गरेको जनाएको छ। नयाँ अध्यक्ष भेङ्कटेश प्रसाद नेतृत्वको केएससीएले चिन्नास्वामी स्टेडियम खेलका लागि तयार रहेको दाबी गर्दै आएको छ। तर आरसीबीले राज्य सरकार र प्रहरीसँग सुरक्षासम्बन्धी केही विषयमा स्पष्टता मागेको थियो।
मुख्य चासो सुरक्षाको जिम्मेवारी कसको हुने भन्ने विषय थियो। ‘आयोजक’ भन्ने शब्द अस्पष्ट भएकाले आरसीबी, केएससीए र राज्य सरकार/प्रहरीमध्ये कसको कति जिम्मेवारी हुने भन्ने स्पष्ट हुनुपर्ने आरसीबीको माग थियो। सोमबारको बैठकमा ती विषयमा स्पष्टता दिइएको बताइएको छ।
हाल केएससीएले सरकारद्वारा तोकिएका १७ बुँदे पूर्वाधार सुधार योजनाअन्तर्गत बाँकी काम अन्तिम चरणमा पुर्याइरहेको छ। गत वर्ष आईपीएल उपाधि उत्सवका क्रममा स्टेडियम बाहिर ११ जनाको ज्यान गएपछि गरिएको अध्ययनले प्रवेश–निर्गमन मार्गलाई प्रमुख कमजोरी औंल्याएको थियो।
सोहीअनुसार गेटहरू फराकिलो बनाउने, एम्बुलेन्स आवतजावत सहज बनाउने र पुरानो एनसीए परिसरलाई भीड व्यवस्थापनका लागि प्रयोग गर्ने तयारी भइरहेको छ।
हालसम्म दर्शक क्षमतामा कटौती गर्ने कुनै निर्देशन जारी भएको छैन।
-क्रिकइन्फोबाट
प्रतिक्रिया 4