१९ फागुन, काठमाडौं । जापानले नेपालको निर्वाचनमा विदेश मामिला राज्यमन्त्री शिमादा तोमोआकीको नेतृत्वमा उच्चस्तरीय निर्वाचन पर्यवेक्षण टोली पठाउने भएको छ ।
राज्यमन्त्री शिमादा नेतृत्वको पर्यवेक्षण टोलीले प्रतिनिधिसभा निर्वाचनको अनुगमन गर्नेछ ।
नेपालमा लोकतान्त्रिक प्रणालीको सुदृढीकरण तथा निर्वाचन प्रक्रियाको पारदर्शिता र निष्पक्षता सुनिश्चित भएको अवस्थाको अवलोकन गर्न जापानले उच्चस्तरीय टोली पठाउन लागेको हो ।
नेपाल–जापान सम्बन्धका जानकार तथा अन्तर्राष्ट्रिय मामिला विज्ञ जिज्ञान कुमार थापाका अनुसार, राज्यमन्त्रीस्तरमा निर्वाचन पर्यवेक्षण टोली नेपाल पठाइनु जापानले नेपालको लोकतान्त्रिक प्रक्रियालाई दिएको महत्वको संकेत हो ।
‘नेपालको लोकतान्त्रिक अभ्यासप्रति जापानको निरन्तर सहयोग रहि आएको छ,’ थापाले अनलाइनखबरसँग भने, ‘उच्च राजनीतिक तहबाट निर्वाचन अनुगमन हुनु दुई देशबीचको विश्वास र दीर्घकालीन साझेदारीको प्रतीक पनि हो ।’
जापान नेपालका प्रमुख विकास साझेदारमध्ये एक हो ।
पूर्वाधार, शिक्षा, मानव संसाधन विकास तथा सुशासन प्रवर्द्धनका क्षेत्रमा जापानले लामो समयदेखि सहयोग गर्दै आएको छ ।
प्रतिक्रिया 4