+
+
Shares

धनकुटाका सबै मतदान केन्द्रमा सर्वदलीय बैठक, मतदानस्थल तयार गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २० गते ७:३५

२० फागुन, धनकुटा। निर्वाचन सामग्री बुझेर मतदानस्थल पुगेका निर्वाचन कर्मचारीहरुले जिल्लाका सबै मतदानस्थलमा सर्वदलीय बैठक सम्पन्न गरेका छन् ।

धनकुटामा रहेका ११९ मतदानस्थलमा १६६ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र रहेका छन् । अस्थायी मतदान केन्द्रमा समानुपातिकतर्फको मात्रै मतदान हुनेछ ।

१८ गते नै मतदानस्थल पुगेर सूचना टाँस गरिसकेका निर्वाचन कर्मचारीहरुले मंगलबार सर्वदलीय बैठक सम्पन्न गरेका हुन् । निर्वाचनपूर्वका सबै काम पूरा भएको र मतदानस्थलको व्यवस्थापन र मतदानको काम मात्रै अब बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हरेक मतदान केन्द्रमा सुरक्षा कर्मी बाहेक ६ जना कर्मचारी परिचालन भएका छन् ।

मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्नामका अनुसार जिल्लाका सबै मतदानस्थलमा सर्बदलीय बैठक सम्पन्न भएको हो । इङ्नामले जिल्लाका सबै मतदान स्थलमा पुगेका कर्मचारीले पुगेकै दिन सुचना टाँस गर्नुका साथै मंगलबार सर्वदलिय बैठक गरी मतदान स्थल निर्माण गर्न थालेको जानकारी दिए । बुधबारसम्म मतदानस्थल तयार गरेपछि २१ गते मतदान हुनेछ ।

मतदानपछि ढुवानी र गणनास्थलको पनि तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले मतदानपछि मतपेटीका मतगणनास्थलसम्म ढुवानी गर्ने भएको छ ।

यस्तै मतगणनाको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको धनकुटाको सामुदायिक भवनमा मतपेटीका भण्डारण र गणनाका लागि तारजाली लगाएर तयारी बनाइएको छ । तारबारसहितको मतगणनास्थल निर्माण गरिएको मुख्य निर्वाचन अधिकृत इङ्नामले जानकारी दिए ।

एउटा निर्वाचन क्षेत्र रहेको धनकुटामा ७ वटा स्थानीय तहमा ६० वटा वडा छन् । धनकुटामा एक लाख १८ हजार ४२५ मतदाता रहेका छन् । धनकुटामा तीन जना स्वतन्त्र उम्मेदवारसहित १७ जना उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?